अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

सघियताको औचित्य रहेन- विप्लव

कपिलवस्तु । मुलुकमा सघियताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र बिक्रम चन्द विप्लवले बताए ।रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन सघियता भन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको औल्याए । उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्टाउदै पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको जनाउदै राज्यले बिशेष आर्थिक निति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गरे ।
साक्षात्कार कार्यक्रममा पत्रकारहरुले जनक्रान्तीको आवश्यक रहेको छ भन्दै यहाहरुको पार्टी अगाडि बढिरहेको छ ,के नेपालमा अझै सम्म क्रान्ती नसकिएको हो र भन्ने जिज्ञासामा नेता विप्लवले हामिले थालेको क्रान्ती मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ती भएको प्रस्ट पारे । साथै उनले सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी नछाएको जनाउदै थप संकटता तर्फ धकेलेको जनाए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकार संग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भईरहेको बताए ।पछिल्लो समय नेपालमा कम्युनिष्ट पार्टिहरु एक हुनुपर्नेमा जोड दिदै उनले नेपाललाई सिध्याउन चाहाने विदेशी शक्तीहरुको निन्द्रा हराम भएको जिकिर गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार