तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेश सभाकी एक्ली प्रत्यक्ष निर्वाचित महिला सांसद बनिन् कृष्णा केसी

बुटवल: प्रत्यक्षमा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेश सभाका ५१ क्षेत्रमा पुरुष उम्मेदवार निर्वाचित भए। जम्मा एक निर्वाचन क्षेत्रमा मात्र महिला निर्वाचित भइन्- कृष्णा केसी।

बाँके निर्वाचन क्षेत्र १ (क) बाट माओवादी केन्द्रकी केसी प्रत्यक्ष निर्वाचित प्रदेश सांसद बनेकी हुन्। सत्ता गठबन्धनकी साझा उम्मेदवार केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरिन्।

केसीले नौ हजार १०३ मत पाउँदा चौधरीले सात हजार ९६६ मत पाएका थिए।

२०७४ मा पनि सोही क्षेत्रबाट केसी निर्वाचित भएकी थिइन्। पाँच वर्षसम्म जनताका समस्याहरूको समधानमा पहल गरेकै कारण फेरि पनि जनताले आफूलाई राजेको उनी बताउँछिन्। उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिकी सदस्य समेत बनेकी थिइन्।

०३५ साल चैत १५ गते राप्ती सोनारी गाउँपालिका- १ मा जन्मिएकी उनले वि.स. ०४७ बाट राजनीति सुरु गरेकी थिइन्। तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सुरुबाटै सहभागी भएकी थिइन उनी।

माओवादीको विद्यार्थी संगठन, महिला संगठन हुँदै बाँके जिल्ला सचिव र केन्द्रीय सदस्य समेत भएकी केसी ०५४ चैतमा जेल परी ०५६ वैशाखमा छुटेकी थिइन्।

माओवादीको शहर केन्द्रित आन्दोलनमा नेतृत्त्वदायी भूमिका र पार्टीले दिएका कठिन जिम्मेवारी पूरा गरेकी केसी पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रो पटक प्रधानमन्त्री हुँदा सचिवालयमा समेत कार्यरत थिइन्।

केसीले महेन्द्र बहुमुखी क्याम्पस बाँकेमा प्रमाणपत्र तह अध्यायन गरेकी छिन्। अबको कार्यकालमा बाँके क्षेत्र नं १ लाई विकासको नयाँ मोडल बनाउँदै पछाडि परेको क्षेत्रलाई मुलधारमा ल्याउन संसद्मा अझ बढी सशक्त कदम चाल्ने उनको दावी छ।

‘किसानका समस्या उस्तै छन्। पछाडि पारिएका वर्ग, समुदाय र आवाजविहीनहरूको आवाज म संसद्मा उठाउँछु। त्यसबाहेक महिलाहरूमाथि हुने हरेक प्रकारका हिंसाको अन्त्य र महिलाहरूलाई उद्यममा जोडी आर्थिक सवलीकरणमा टेवा पुर्‍याउने गरी संसद्मा अब मेरा भूमिका रहन्छ’, उनले भनिन्।

समाजसेवी तथा असल राजनीतिज्ञको रूपमा आफूलाई स्थापित गर्ने केसीको सोच छ। अब राजनीतिक दलका अजेण्डा विकास, समृद्धि सँगैसँगै मानवीय विकास हुनुपर्ने उनको भनाइ छ।

दलहरूलाई समानुपातिकबाट २८ महिला अनिवार्य

लुम्बिनी प्रदेश सभामा महिला एक जना मात्र प्रत्यक्ष निर्वाचित भएपछि अब ३३ प्रतिशत सङ्ख्या समानुपातिकबाट पुर्‍याउनुपर्ने हुन्छ। अर्थात् समानुपातिकका ३५ जनामध्ये २८ जना महिला हुनैपर्नेछ।

यो अवस्थामा एमालेबाट १० जना, कांग्रेसबाट नौ जना, माओवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट २/२ जना र जसपा, लोसपाबाट १/१ जना महिला मनोनित हुने देखिन्छ।

प्रदेशमा को महिलाले हारे?
प्रदेश सभामा बर्दिया क्षेत्र नं. १ को (क) मा नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जु दहित पराजित भइन्। उनी नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरीसँग पराजित भइन्।

राजकुमारले १३ हजार २३० मत ल्याएर विजयी हुँदा अञ्जुले मात्र ११ हजार ४९० मत प्राप्त गरिन्।

त्यस्तै बर्दिया २ को (ख) मा लुम्बिनी प्रदशेकी पूर्व उपसभामुख तथा नेकपा एमालेकी कृष्णा चौधरी पराजित भइन्। उनी नागरिक उन्मुक्ति पार्टीका धर्मराज चौधरीसँग पराजित भएकी हुन्।

धर्मराजले २० हजार १२७ मत प्राप्त गरी विजयी हुँदा कृष्णाले सात हजार १७ मत मात्र प्राप्त गरिन्।

उकेरा बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित