बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

एमालेका लागि निर्वाचन अनुकुल बन्दैछ– पौडेल

बुटवल । पुर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमो एमालेका लागि अनुकुल बन्दै गएको बताएका छन् । मतदाता सामु देशको विकास र समृद्धि गर्ने पार्टी एमालेनै रहेको भन्ने विश्वास दिनानुदिन बढे संगै एमालेका लागि निर्वाचन अनुकुल भएको बताए ।
बुधबार नेकपा एमाले स्याङजा–रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले माहोल अनुकुल बन्दै गएको र निर्वाचन पछि एमाले नेतृत्वको सरकार बनाउनेमा ढुक्क रहेको बताए । निर्वाचनमा सफलता प्राप्त कुनै कठिनाई नरहेको भन्दै अब देशमा विकासको जिम्मा एमालेले ल्याउने उनको भनाई छ ।
विगतमा एमालेले गरेको कार्यहरु जनता बाट अनुबन्धित भइसकेको बताउंदै अझै जनताका लोकप्रिय काम गर्न बांकी रहेको र त्यो अभिभारा एमालेको काधमा आउन लागेको बताए । समग्र रुपन्देही मात्र नभई सिंगो मुलुकमा नै एमालेले विकासको लहर ल्याएको बताउंदै नेता पौडेलले अहिले एमाले नेतृत्वको सरकार नबनेमा देशमा झन बढि अस्थिरता उत्पन्न हुने बताए ।
गठबन्धन दलहरु चुनाव पछि छिन्नभिन्न हुने भन्दै यदि गठबन्धन सरकारमा गए भागबन्डाकै कारण देशमा अस्थिरता उत्पन्न हुने बताए । रुपन्देही क्षेत्र नं. २(१) का उम्मेदवार लिला गिरी प्रदेशको समृद्ध विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताए । त्यसैगरी २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले भौतिक विकास संगै अब मानविय विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित