गुल्मीको इस्मामा ५० घर एमालेमा प्रवेश

गुल्मी। इस्मा गाउँपालिकामामा ५० घर परिवार विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेको छ ।

नेकपा एमाले इस्मा गाउँकमिटीको आयोजना इस्मा मैदानमा आयोजित चुनावी सभामा काङ्ग्रेस र माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन । प्रवेश गर्ने सबैलाई एमाले सचीव तथा प्रतिनिधि सभा क्षेत्र न २ का उमेदवार गोकर्ण बिष्टले स्वागत गरेका हुन् ।

नव प्रबेसीलाइ स्वागत तथा चुनावी सभालाई सम्बोधन गर्दै बिष्टले आफू सधैं जनताको सेवा लामो समयदेखि लागिरहेकाले क्षणिक भ्रममा नपर्न सबैलाई आग्रह गरे । उनले चुनावी दौरानमा सबै मतदाताको घरमा पुग्न नसकेपनी नागरिकका अधुरा बिकास चाहाना पूरा गर्न आफूलाई मतदान गर्न बिष्टले आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित