इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

गठबन्धनको खटपटले तनावमा विनोद चौधरी

परासी । गठबन्धनभित्रको खटपटले डलरअर्बपति विनोद चौधरी तनावमा परेका छन् । अन्तिम समयमा गठबन्धन घटकको माओवादी केन्द्रले आफूलाई समर्थन गर्नेमा चौधरी ढुक्क थिए ।

तर अहिलेसम्म माओवादी केन्द्रका नेताले मुख नखोलेपछि चौधरी तनावमा परेका हुन् । चौधरीले नेपाली कांग्रेसबाट नवलपरासी पश्चिमको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका छन् । चौधरीलाई गठबन्धनभित्रको खटपटले मात्र होइन आफ्नै दल नेपाली कांग्रेसका जिल्ला नेताहरुको असन्तुष्टीले अर्को तनाव थपिदिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्रको ‘ख’मा माओवादी केन्द्रलाई दिएर चुनावमा जाने केन्द्रीय सहमति थियो । तर जिल्लामा माओवादी केन्द्रले उम्मदेवारी दिइसकेपछि कांग्रेसले पनि उम्मेदवारी दिएपछि माओवादी केन्द्र कांग्रेससँग अलगजस्तै बनेको छ ।

कांग्रेसको उम्मेदवारी फिर्ता गरेर समर्थन गर्न माओवादी केन्द्रले पटक पटक लिखित विज्ञप्ती निकालेपनि कांग्रेसले नमानेपछि अहिलेसम्मका कुनै पनि चुनावी कार्यक्रममा माओवादी केन्द्र कांग्रेससँग हिडेको छैन ।

चौधरी गठबन्धनका उम्मेदवारलाई वास्ता नगरी कांग्रेसकै प्रदेशसभा सदस्यलाई लिएर चुनावी प्रचारमा हिडेपछि माओवादी केन्द्रले सघाउन नसक्ने संकेत दिएको छ । यसले चौधरीलाई चुनावी प्रतिस्पर्धामा धक्का लाग्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।

चौधरीका प्रतिस्पर्धी जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एमालेसँगको तालमेलमा चुनावमा होमिएका छन् । एकातिर राजनीतिका चतुर खेलाडी त्रिपाठीसँगको प्रतिस्पर्धा र अर्कोतर्फ त्यस क्षेत्रमा प्रभावशाली नेताका रुपमा रहेका कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पक्षको असन्तुष्टीले चौधरीलाई चुनाव जित्नमा राम्रै कसरत गर्नुपर्ने देखिएको छ ।

कांग्रेसबाट खनालले टिकट ल्याउनेमा पक्कापक्की जस्तै भइसकेपनि अन्तिम समयमा चौधरीले टिकट ल्याएर उम्मेदवारी दिएका हुन् । चौधरीको उम्मेदवारीपछि खनालपक्ष असन्तुष्ट छ ।

चुनावी प्रचार प्रसारमध्ये एक दिनमात्र खनाल चौधरीको चुनावी सभा पुगेका छन् । अन्य दिनमा विभिन्न काम देखाउँदै बाहिरी जिल्ला जाने गरेका छन् । खनालको अनुपस्थितिले पनि चौधरीलाई थप चुनौती थपेको कांग्रेस कार्यकर्ताले बताउँदै आएका छन् ।

गएको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार त्रिपाठीको दलको उपस्थिति न्यून छ । तर एमालेसँगको तालमेलले त्रिपाठीको कांग्रेससँग कडा प्रतिस्पर्धा देखिएको छ ।

स्थानीय तह निर्वाचनको मतअनुसार त्यस निर्वाचन क्षेत्रमा जप्रपाको ४ हजार ६८१ र एमालेको २६ हजार ७७९ मत छ । एमालेसँग तालमेल गरेको अर्को घटक जसपाले त्यस निर्वाचन क्षेत्रमा पनि एमालेकै उम्मेदवारलाई सघाउने जनाएको छ । जसपाको मत ३ हजार ५ सय ३९ रहेको छ । तीन दलको मत जोड्दा त्रिपाठीको पक्षमा ३४ हजार ९९९ रहेको छ ।

नेपाली कांग्रेसले पाएको मत ३० हजार ३४२ रहेको छ । माओवादीबाहेकको गठबन्धन घटक(एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा) को मत जोड्दा चौधरीको पक्षमा कुल ३१ हजार ७४१ रहेको छ । माओवादीको मत कतै पनि नजोड्दा चौधरीभन्दा त्रिपाठी ३ हजार २५८ मतले अघि छन् । यसअघि एमालेको चिन्हबाट त्रिपाठीले उक्त निर्वाचन क्षेत्र जितेका हुन् ।

एकातिर असन्तुष्टको मत र अर्कोतिर ३ हजारभन्दा बढी मतले त्रिपाठी अघि देखिएपछि पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका चौधरीलाई चुनावी तनाव थपिएको मतदाताहरुले बताउँदै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार