बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

उद्योगलाई लगाइएको डिमाण्ड चार्ज छुट हुन्छ : पूर्वमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले यस क्षेत्रका उद्योगहरुमा लगाइएको डिमान्ड चार्ज छुट गर्ने बताएका छन् ।

मंगलबार तिलोत्तमा ३ को घरदैलो अभियान कार्यक्रममा बोल्दै नेता गिरीले एमाले नेतृत्वको सरकार निर्माणपछि उद्योगहरुलाई डिमान्ड चार्जमा छुट दिने र माग अनुसारको प्रयाप्त विजुली उपलब्ध गराइने बताए ।
यस क्षेत्रका उद्योगीहरुले बारम्बार डिमान्ड चार्ज छुट दिन माग गरेपनि सरकार गम्भिर नबनेको भन्दै एमाले सरकारमा पुगेपछि उद्योगीका सवै समस्या समाधान गर्ने बताए । सरकारले लकडाउन अवधिको डिमाण्ड चार्ज शतप्रतिशत र महशुलमा छुट नदिएको भन्दै रुपन्देही उद्योग संघ, उद्योग बाणिज्य संघलगाएतका संघसंस्थाले विद्युत प्राधिकरणलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ‘यो सरकार बनेको जनताको काम गर्न होइन, भागबण्डामा कसलाई कहाँ राख्ने भन्नेमा मात्र ध्यान हुँदा उद्योगीका समस्या ज्यूका त्यहि छ । त्यो समस्यालाई हामीले समाधान गर्नेछांै ।’ उनले भने ।

साथै उनले अहिले कतिपय ठाउँमा विद्युत अपुग हुँदा उद्योग सञ्चालनमा कठिनाई भएकाले प्रयाप्त विद्युत उपलब्ध उद्योगीलाई गराउने बताए । ट्रिपिङ समस्या, कच्चा पद्धार्थ आयातमा छुट र निर्यातलाई प्रोत्साहन गर्ने एमालेको नितीनै भएको उनले बताए ।

साथै उनले बुटवलको औद्योगिक क्षेत्रलाई आधुनिक पूर्वाधारयुक्त बनाउने, उद्योगीहरुको समन्व्यमा बर्दघाटदेखि शिवराजसम्म र त्रिवेणीदेखि कृष्णनगर सम्मका उपयुक्त स्थानमा ठूला उद्योग सञ्चालनका लागि जग्गाको पहिचान गरी पूर्वाधार बनाउनेतर्फ जोड दिइने बताए । घरदैलोमा हिंडेका गिरीलाई मतदाताले सडक निर्माणका साथै अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न आग्रह गरेका थिए ।

साथै उनीहरुले तिनाउ दानव कोरिडोरमा पर्ने घरधनीहरुलाई व्यवस्थापन गर्न आग्रह गरेका थिए । मतदाताको गुनासो सुनेपछि नेता गिरीले तिनाउ दानव करिडोरको काम त्यहाँका जनतालाई अनेत्र व्यवस्थापन गरेर मात्र योजना अगाडि बढ्ने बताए । ‘एमाले पहिलेले पहिलेदेखि नै करिडोरका जनतालाई उपमहानगरपालिकाभित्रै व्यवस्थापन गर्ने गरी नै यो परियोजना ल्याएको हो ।

यो परियोजनाबाट कोही पनि घरबारविहीन हुनुपर्दैन । हामीले सवैलाई उचित स्थानमा राखेर योजनाको काम अघि बढाउँछौ ।’ उनले भने ।
साथै उनले अव्यवस्थित बसोबासीहरुको सन्दर्भमा निर्वाचनमा विजयी भएपछिको पहिलो कार्य अन्तर्गत अव्यवस्थित बसोबासी, भूमिहीनहरुका लागि व्यवस्थापन गर्ने रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार