नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

भैरहवाको विकासमा गृहमन्त्री खाँणका विशेष योजना

भैरहवा । पछिल्लो समय भैरहवाको परिचय फराकिलो बन्दै गएको छ । सिद्धार्थनगर नगरपालिका गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रबेशद्वार हो । यहाँ मुलुकको दोस्रो ठूूलो भन्सार नाका र अन्तर्राष्ट्रिय विमानस्थल छ । रुपन्देहीको सदरमुकाम भैरहवा अहिले आधुनिक सहरका रुपमा बिकास भइरहेको छ । परम्परादेखि सिमानामा रहेर धेरै सम्भावना बोकेको सहरलाई व्यवस्थित गर्न लामो समय राजनीतिक नेतृत्वको अभाव रह्यो । जसले गर्दा बिकासमा पाछाडी पर्नुपर्यो । साथै भैरहवाले व्यवस्थित सहरीकरण र बिकासका लागि राजनीतिक रुपमा अभिभावकबिहीन बन्नु पर्यो ।

यसपाली आम निर्वाचनले भैरहवाको वर्षौदेखिको अभाव पूर्ति गर्ने देखिएको छ । जिल्लाका प्रभावशाली नेता तथा वर्तमान गृहमन्त्री बालकृष्ण खाँणले लामो समयदेखि भैरहवालाई उच्च प्राथमिकतामा राखेर बिकास योजना अगाडि बढाइरहेका छन् । यसपाली यसै क्षेत्रमा पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेर उनले भैरहवाको संस्थागत बिकासलाई नेतृत्व प्रदानको सुुरुवात मात्रै गरेका छैनन्, विशेष योजना नै अघि सारेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

२०४८ सालदेखि जिल्लामा उम्मेदवार हुँदै आएका खाँणका लागि एउटा अनौठो संयोग बनेको छ । उनी सधै रुपन्देही क्षेत्र नं. ३ बाटै निर्वाचनमा सहभागी हुुँदै आएका हुन् । २०४८ मा पहिलो पटक निर्वाचन लड्दा पनि उनको क्षेत्र रुपन्देही ३ नै थियो । त्यसबेला निर्वाचन क्षेत्रको केन्द्र फरक थियो । त्यतिबेला बुटवल उक्त निर्वाचन क्षेत्रको केन्द्र थियो ।

२०६४ मा पनि उनको निर्वाचन क्षेत्र रुपन्देही ३ नै थियो । त्यसबेला मुख्य केन्द्र मणिग्राम थियो । २०७० मा निर्वाचन लड्का पनि उनको क्षेत्र क्षेत्रनम्बर ३ नै थियो । अहिले पनि खाँण रुपन्देही ३ बाटै निर्वाचन लडेका छन् । यसपटक भने सदरमुकाम भैरहवा केन्द्र रहेको छ । उनको पछिल्लो संसदीय कार्यकाल भैरहवालाई केन्द्रमा राखेर बितेको छ । बिगत पाँच वर्षयता आफ्नो निर्वाचन क्षेत्रमा आयोजना गरिने कार्यक्रममा सहभागिता बढाएका छन् । अब सधैं भैरहवा केन्द्रित बनेर राजनीति गर्ने योजना बनाएका खांणले सदरमुकाम लक्षित गरेर ठूला बिकास योजना ल्याएका छन् । उक्त शहरलाई देशैभरी चिनिनेगरी बिकसित पनि गरेका छन् । त्यस्तै अहिले आफ्नो पहिचान बनाइसकेको भैरहवालाई उनै खाँणले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गर्ने गरी योजना अगाडि ल्याएका छन् । ‘जे कुरा संकल्प पत्रमा ल्याएका छौं, त्यो पुरा गरेरै छाड्छौ,’ मन्त्री खाँण भन्छन्, ‘भैरहवा मात्र होइन रुपन्देहीको समग्र बिकासका लागी हामी प्रतिबद्ध छौं ।’

उनको पहिलो प्राथमीकतामा भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने छ । त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्ने रहेको छ । रोजगारीमा स्थानीयलाई प्राथमिकता र सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशिघ्र डि.पि.आर. गरि निर्माण कार्यको थालनी अर्को महत्वपूर्ण योजना उनले अगाडि सारेका छन् ।

‘नेपालको एउटा आधुनिक, उत्कृष्ट, सुविधा सम्पन्न र उदाहरणी जिल्ला, क्षेत्र र भैरहवा बनाउने हाम्रो संकल्प छ’, गृहमन्त्री खाँणले भने, ‘यसलाई मूर्तरुप दिन हामीलाई सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’ खाँणले बेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार चौकी (आईसीपी)’, विशेष आर्थिक क्षेत्र विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णय, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गरि त्यहाँ रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारिरिक व्यवयाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने योजना पनि उनले ल्याएका छन् ।

खाणले गत आइतबार सार्वजनिक गरेको संकल्प पत्रमा यस क्षेत्रमा रहेको स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाइने र क्रियापुत्री बसेर कार्यसम्पादन गर्न मिल्ने गरी भवन निर्माण गर्ने, सिद्धार्थ नगरभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तर वृद्धि गरि २४ घण्टे प्रयोगशाला सहितको सुविधासम्पन्न आइसियू, सिसियू तथा एनआईसीयू सेवा थप गर्ने उल्लेख गरेका छन् ।

भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाइनेछ भने कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने, डण्डा खोलामा कोरिडोर निर्माण गर्ने, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो ‘अन्न भण्डारण गृह’ निर्माण गर्ने, सिद्धार्थ नगरमा अत्याधुनिक चिस्यान गृह स्थापना गर्नुका साथै लुम्बिनी प्रदेशको भौगोलिक अवस्था र वातावरण सुहाउँदो विउ–बिजनहरू तयार गर्न अनुसन्धान केन्द्र सञ्चालन गर्न पहल गर्ने योजना बनाएका छन् ।

कृषि औजारहरू (जस्तै ः हाते ट्याक्टर, धान, गहुँ काट्ने मेसिन आदि) तयार गर्ने व्यवस्था मिलाउने जस्ता महत्वपूर्ण योजना उनले समेटेका छन् । त्यस्तै बुटवल–भैरहवा–बेलहीया ब्यापारीक मार्गमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने उनको अर्को महत्वकांक्षी योजना पनि छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार