राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई १३ दिन पछि हैदराबादी बिरयानी पुनः सञ्चालनमा बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै गुफा सहकारीको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पौडेल नयाँ नोट बिनाको यस वर्षको दशैं, असोज १३ देखि सुकिला मात्रै साट्न पाइने बुटवलमा एक दिने हेयर केयर वर्कसप सम्पन्न संविधान दिवसको अवसरमा भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनियो, मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो संविधानको मर्मअनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं : मुख्यमन्त्री आचार्य                
समाचार :

नेकपा एमाले क्षेत्र नं. ५ को योजना: लुम्बिनीमा एक सय शैंयाको अत्याधुनिक अस्पताल

लुम्बिनी । नेकपा एमालेले रुपन्देहीको क्षेत्र नं. ५ मा कम्तिमा एक सय शैंयाको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । आफ्नो क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा एमालेले लुम्बिनी आसपासमा सुविधासम्पन्न अस्पताल निर्माणको योजना अघि बढाएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा एमाले उम्मेदवारहरुले मतदातासँग निःशुल्क स्वास्थ्य सुविधा उपलब्धताको लागि उपस्वास्थ्य चौकीहरुलाई आधुनिक सुविधा सहितको स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
क्षेत्र नं. ५ मा नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरी प्रतिनिधिसभा सदस्य पदमा बासुदेव घिमिरे र प्रदेश सभा सदस्य पदमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घिमिरेले प्रथम नगर प्रमुख हुँदा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सरसफाई, सामाजिक सशक्तिकरणका क्षेत्रमा गरेका नमूना कामका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुककैं नमूना नगरपालिका बन्न सफल भएको छ ।
उम्मेदवार घिमिरेले सबै पालिकामा सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर बनाइने, रक्तसञ्चार केन्द्र स्थापना गरिने, सबै तहका स्वास्थ्य सेवा केन्द्र तथा अस्पतालमा दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको व्यवस्था मिलाइने बताए ।
यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सालझण्डीमा रहेको सर्पदंश अस्पताललाई स्तरोन्नती गर्दै लुम्बिनी आसपासमा अर्को सर्पदंश अस्पताल निर्माण गर्ने, प्रस्तावित ट्रमा अस्पताललाई निर्माण सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने जस्ता स्वास्थ्यसँग सम्बन्धित विषयलाई प्रतिबद्धतामा समेटिएको बताए ।
जटिल स्वास्थ्य समस्याका रुपमा बढ्दै गरेका मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मृगौला रोग, क्यान्सर, कलेजोलगायतका रोगको परीक्षण तथा उपचारमा नागरिको सहज पहुँच पुग्ने कार्यक्रम ल्याइने समेत उम्मेदवारहरुले बताएका छन् ।
प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका, विपन्न नागरिकलाई स्वास्थ्य बीमामा राज्यद्धारा लगानी गरिने व्यवस्था मिलाइने बताए ।
एमालेले महिला स्वास्थ्य स्वयंम्सेविकाहरुको पारिश्रमिक समयानुकल बनाउन पहल गरिने, महामारी, सरुवा रोग निर्मूल पार्नको लागि आवश्यक व्यवस्था मिलइने लगायतका विषयलाई प्रतिबद्धतामा उल्लेख गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित