रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

रुपन्देही–१ का तीनै क्षेत्रमा एमाले–राप्रपा–जसपाको पल्ला भारी

देवदह । नेकपा एमालेका दुई पुर्व सहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्वर १, मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ ।

सबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेपनि नेकपा एमाले, राप्रपा र जसपाका उम्मेदवार छविलाल विश्वकर्मा वाहेक अन्य उम्मेदवारलाई भने जित निकाल्न सहज देखिदैन । स्थानीय निर्वाचन २०७९ मा प्राप्त गरेको मतलाई आधार मान्दा पार्टी छाडेर सत्ता गठवन्धनको समर्थन पाएका घनश्याम भूसाल भन्दा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवार विश्वकर्माको मत निकै धेरै देखिन्छ ।

रुपन्देहीको क्षेत्र नम्वर १, मा १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेका छन । स्थानीय तह २०७९ निर्वाचनको मत परिणामलाई हेर्दा सत्ता गठबन्धनसंग नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्यि जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्यि जनमुक्ति पार्टी लगायतको प्राप्त मत जोड्दा करिव ४० हजार हुन आउछ ।

यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको प्राप्त मत जोड्दा करिव ५२ हजार रहेको छ । रुपन्देहीको क्षेत्र नम्वर १, मा दुई गठबन्धन भन्दा बाहिर करिव ७ हजार मत रहेको पाईन्छ ।

यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई गठबन्धनका उम्मेदवार वाहेक अन्य दल र स्वतन्त्रको उम्मेदवारी समेत रहेको छ । तत्कालिन नेकपा एमाले देवदहका अध्यक्ष रहेका टिकाराम चापागाईले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिनु भएको छ । स्वतन्त्र उम्मेदवार चापागाईले समेत आफुले जित्ने दावी गरिरहनु भएको छ । दुवै गठबन्धनको मत आफुले प्राप्त गर्ने हुदा आफनो जित सुनिश्चित रहेको चापागाईले दावी गर्नु भएको छ ।

यता स्वतन्त्र उम्मेदवार बन्नु भएका घनश्याम भूषालले सत्ता गठवबन्धनको समर्थन रहेकोले आफनो जित सुनिश्चित रहेको बताउदै आउनु भएको छ । तर स्वतन्त्र उम्मेदवार चापागाईले भने नेकपा एमालेले टिकट नदिएपछि पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका भूषालको जित्ने संभावना नरहेको दावी गर्नु भएको छ ।

नेकपा एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धन भन्दा करिव १५ हजार बढि मतले आफुले जित निकाल्ने दावी गर्नु भएको छ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमाले पछि तेश्रो शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी र चौथो शक्तिका रुपमा जनता समाजवादी पार्टीको रहेको छ । यी तथ्यगत आधारलाई हेर्दा पनि नेकपा एमाले नेतृत्वको साझा उम्मेदवारहरुको पल्ला भारी रहेको छ ।

यसैगरी रुपन्देहीको क्षेत्र नम्वर १(१) मा नेपाली काग्रेसका विश्वनाथ यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिषकुमार चौधरी प्रतिस्प्रर्धामा उत्रिएका छन् । दुवै उम्मेदवारले निर्वाचन आफनो पक्षमा रहेको दावी गरिरहेका छन् ।

२०७९ को स्थानीय तहको प्राप्त मतलाई आधार मान्दा १(१)मा सत्तागठबन्धनको पक्षमा करिव २० हजार मत रहेको छ भने नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त प्यानल संग करिव २८ हजार मत देखिएको छ । त्यसैगरी क्षेत्र नम्वर १(२) मा नेकपा एमालेका दधिराम न्यौपाने र नेपाली काग्रेसका अव्दुल रज्जाकले पनि जित सुनिश्चित रहेको दावी गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा सत्तागबन्धनको तुलनामा एमाले बलियो रहेको पाईन्छ । क्षेत्र नं १(२)मा सत्ता गठवबन्धनको करिव २० हजार मत रहेको छ भने, एमाले, राप्रपा र जसपाको करिव २४ हजार मत रहेको छ । स्थानीय तह २०७९ मा यस क्षेत्रका राजनैतिक दलहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने, नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारको मत बढिरहेको देखिन्छ ।

स्वतन्त्र उम्मेदवार टिकाराम चापागाई र अन्य उम्मेदवारहरुले दुवै गठबन्धनको समान मत पाउने राजनीतिक विश्लेषकहरुको भनाई रहेको छ । नेकपा एमालेको संगठन मजवुत भएको र पछिल्लो समय राप्रपाका मतदाता बढेकाले यस पटकको निर्वाचनमा पनि एमाले–राप्रपा र जसपाको गठबन्धनकै उम्मेदवारहरुले जित निकाल्न सक्ने संभावना बढेर गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार