बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

मंसिर ४ पछि एमालेको सरकार बन्छ : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने र सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने दावी गरेका छन् । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले जनताको हित र देश विकासको स्पष्ट भिजन र एजेण्डा एमाले संग मात्रै भएकाले मंसिर ४ को चुनावमा जनताले एमालेलाई नै वहुमत दिने दावी गरे ।
शनिबार देवदह– १०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनका दलहरुमा देशलाई सही नेतृत्व गर्ने नेता र क्षमता नभएकाले वहुमत जनता एमालेकै पक्षमा रहेको प्रष्ट पारे ।
यसअघिको एमाले सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिन सबै काम अन्तिम चरण्मा पुराएको बेला सरकार ढालिएको हुंदा गठबन्धन सरकारका कारण सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा अवरोध पुगेको नेता विश्वकर्माले बताए ।
देशलाई सही मार्गमा हिंडाउन, राष्ट्रियता जोगाउन तथा विकास र समृद्धि हासिल गर्न एमालेको जित अनिवार्य रहेको नेता विश्वकर्माले बताए । देशैभर एमालेप्रति आकर्षण बढेको र विभिन्न दलबाट प्रवेश भइरहेकाले हुंदा आउंदो चुनावमा एमालेले नै वहुमत ल्याउने उनले दावी गरे । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले एमाले सरकारले अगाडि सारेका अधुरा योजनालाई पूर्णता दिंदै रुपन्देही १ लाई नमुना बनाउन एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।
कार्यक्रममा रुपन्देही १(२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले गठबन्धन सरकार रहेसम्म महंगी, भ्रष्टाचार र बेथिति कायम रहने र विकास निर्माणका कामहरु अवरुद्ध हुने भन्दै एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरे । नेता न्यौपानेले देवदह १०, चरंगेको विकासको लागि नेकपा एमालेको सरकारले योजना अगाडि बढाएपनि गठबन्धन सरकारले बजेट कटौती गरेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तोयनाथ लम्साल, एमाले नेता मनकुमार कनौजे र एकनारायण रिजालले राष्ट्रघाती सत्ता गठबन्धनलाई परास्त गर्न एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल गरिएको भन्दै रुपन्देही १ को प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनै जना उम्मेदवारको जित सुनिश्चित भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित