विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

मंसिर ४ पछि एमालेको सरकार बन्छ : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने र सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने दावी गरेका छन् । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले जनताको हित र देश विकासको स्पष्ट भिजन र एजेण्डा एमाले संग मात्रै भएकाले मंसिर ४ को चुनावमा जनताले एमालेलाई नै वहुमत दिने दावी गरे ।
शनिबार देवदह– १०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनका दलहरुमा देशलाई सही नेतृत्व गर्ने नेता र क्षमता नभएकाले वहुमत जनता एमालेकै पक्षमा रहेको प्रष्ट पारे ।
यसअघिको एमाले सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिन सबै काम अन्तिम चरण्मा पुराएको बेला सरकार ढालिएको हुंदा गठबन्धन सरकारका कारण सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा अवरोध पुगेको नेता विश्वकर्माले बताए ।
देशलाई सही मार्गमा हिंडाउन, राष्ट्रियता जोगाउन तथा विकास र समृद्धि हासिल गर्न एमालेको जित अनिवार्य रहेको नेता विश्वकर्माले बताए । देशैभर एमालेप्रति आकर्षण बढेको र विभिन्न दलबाट प्रवेश भइरहेकाले हुंदा आउंदो चुनावमा एमालेले नै वहुमत ल्याउने उनले दावी गरे । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले एमाले सरकारले अगाडि सारेका अधुरा योजनालाई पूर्णता दिंदै रुपन्देही १ लाई नमुना बनाउन एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।
कार्यक्रममा रुपन्देही १(२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले गठबन्धन सरकार रहेसम्म महंगी, भ्रष्टाचार र बेथिति कायम रहने र विकास निर्माणका कामहरु अवरुद्ध हुने भन्दै एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरे । नेता न्यौपानेले देवदह १०, चरंगेको विकासको लागि नेकपा एमालेको सरकारले योजना अगाडि बढाएपनि गठबन्धन सरकारले बजेट कटौती गरेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तोयनाथ लम्साल, एमाले नेता मनकुमार कनौजे र एकनारायण रिजालले राष्ट्रघाती सत्ता गठबन्धनलाई परास्त गर्न एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल गरिएको भन्दै रुपन्देही १ को प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनै जना उम्मेदवारको जित सुनिश्चित भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित