सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण                
समाचार :

विकासको खाका हामीसँग छ : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग भएको बताएका छन् । मुलुुकमा, शान्ति, स्थिरता, विकास, शुसासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निमार्ण भएको प्रस्टाउँदै उनले विकासको स्पष्ट खाकासहित गठबन्धन अगाडि बढेको दावी गरे । खाँणले विकासप्रति प्रतिबद्ध र योजना भएका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे । उनले रुपन्देहीको विकास र समृद्धिको खाका आफूहरुसँग भएको जनाउँदै पाँच दलीय गठबन्धनलाई अत्यधिक मतले जिताउन अनुरोध गरे । खाँणले रुपन्देहीमा जनजीविका र राष्ट्रिय महत्वका योजनालाई एकीकृत गरी विकास गर्न जरुरी रहेको बताउँदै यसको नेतृत्व गठबन्धनले गर्ने प्रष्ट समेत पारे ।

शुक्रबार शुद्धोधन गाउँपालिकामा आयोजित तरुण प्रक्षिण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले विकासका योजना नै नभएका, आफ्ना कुरा प्रष्ट राख्न नसक्ने, निर्वाचनपछि सरकारसमेत बनाउन नसक्ने नेतालाई जिताएर समृद्धिको सपना पूरा हुन नसक्ने उल्लेख गरे । ‘सरकार गठबन्धनले बनाउँछ, योजना निर्माणदेखि त्यसलाई मूर्तरुप दिने काम गठबन्धनले गर्छ’, उनले भने, ‘जब केही उम्मेदवारहरुले न सरकार बनाउने ल्याकत राख्छन्, न प्रष्टसँग बोल्न सक्छन् । त्यस्तालाई जनप्रतिनिधि चुन्यौं भने क्षेत्र, जिल्ला र मुलुकको विकास कसरी हुन्छ । उनीहरुप्रति कसरी विश्वास गर्न सकिन्छ ?’

उनले जनतामा भिजेका, विकासको झोला बोकेका उम्मेदवारलाई आगामी मंसिर ४ को निर्वाचनमा बिजयी बनाउन समेत आह्वान गरे । ‘रुपन्देहीको विकासले देश भरिका युवाहरुलाई उत्साहित गर्ने छ । नेपाल बनाउने अविभारा हाम्रो काँधमा आएको छ । यसमा युवाहरुको साथ जरुरी छ’, उनले भने । नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन कुनै विचार, सिद्धान्तले पनि अग्रगमनको पक्षमा नरहेको आरोप लगाए । ‘एउटा दलले राजा ल्याउने भन्छ, अर्काले गणतन्त्रको वकालत गर्छ, अर्काले अझ फरक धारणा राख्छ’, उनले भने, ‘यस्तो गठबन्धनले कसरी संविधान, गणतन्त्र, संघीयताको रक्षा गर्नसक्छ ? विकास कसरी गर्छ ? त्यसैले यस्तो बेमेलको गठबन्धनबाट हामी सबै सजग हुनुपर्छ ।’

२०७४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउँदा सरकार चलाउन नसकेर महत्वपूर्ण समय खेर फालेको र राप्रपा त्यो भन्दा पहिला नै असफल भैसकेको भन्दै उनले मुुलुुकको बर्तमान ब्यबस्थालाई जोगाउँदै अग्रगमन चाहने सबैले पाँच दलीय गठबनधनका उम्मेदवारलाई बिजयी गराउनुुपर्ने बताए । ‘लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेका हुन् । गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरि नेपाली जनतालाई खुशीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक छ’, मन्त्री खाँणले भने, ‘पश्चगामीहरुले जित्नुु भनेको देसको विकास र राजनीति पछाडी फर्कनुु हो ।’

तरुण युवाहरुमा देखिएको उत्साह र एकताले नै गठबन्धन बिजयी हुने उनको विश्वास छ । उनले तरुण युवाहरु जागे गठबन्धनले सहजै जित निकाल्न सक्ने जनाउँदै अब आ–आफ्नो ठाउँबाट सबै एकढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए । परिवर्तनका सम्बाहक युवा शक्ति भएको प्रष्ट्याउँदै गृहमन्त्री खाँणले गठबन्धन र काँग्रेसले सबै युवाहरुको सम्मान गर्ने दावी गरे ।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार लोसपा नेता सन्तोषकुमार पाण्डेयले बोल्नै नसक्ने र क्षेत्रमा नआउने नेताबाट विकास सम्भव नभएको बताउँदै राष्ट्रको विकासका लागि गृहमन्त्री खाँणको जित जरुरी रहेको बताए । ‘उहाँमा (खाँण) अब मुलुकको नेतृत्वसमेत गर्नसक्ने क्षमता छ, त्यो सम्भावना पनि छ’, पाण्डेयले भने, ‘त्यसैले खाँणले जिते मात्रै विकास सम्भव छ । उहाँलाई सबैले साझा उम्मेदवार सम्झेर मतदान गरी जिताउनुपर्छ । यसमा हामी सबै लागौं ।’ क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले अहिलेको निर्वाचन प्रतिगमन र अग्रगमन पक्षधरबीचको भएको बताए । उनले तीन दलीय गठबन्धन पश्चगमन र प्रतिगामी भएको जिकिर गर्दै पाँच दली गठबन्धन अग्रगमन पक्षधर भएकाले यसको जित जरुरी रहेको जनाए । कार्यक्रममा बोल्ने तरुण युवाहरुले गठबन्धनलाई जिताउन आफूहरु एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार