रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

रुपन्देही निर्वाचन ५ को १ मा शाह र पहाडी घरदैलौमा ब्यस्त

रुपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारहरुले शुक्रबार घरदैलौ गरेका छन । घरदैलौमा पुगेका गठबन्धनका उम्मेद्वारहरुले जनगुनासो सुन्दै त्यसलाई सम्बोधन गर्ने गरि काम गर्ने वाचा गरेका छन ।
निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनबाट प्रतिनिधिसभा तर्फ उम्मेद्वार भएका नेपाली काँग्रेसका नेता भरतकुमार शाह र ५ को १ बाट लुम्बिनी प्रदेशसभा सदस्य उम्मेद्वार विनोद पहाडीले कञ्चन गाउँपालिका अन्र्तगत  हरैया, रुद्रपुर, सालघारी, प्रतापपुर, झिगनिया, शोभा, शान्तिपुर, कार्कीटोल, धौलागिरी चौक  र सैनामैना नगरपालिकाको वडा न. १० को फुलबारी, पानबारी, आधिखोला लगायतका क्षेत्रमा घरलौ गरेका हुन ।
मतदाताहरुले निर्वाचन क्षेत्रको दीगो विकास, शिक्षा, स्वास्थ्य, अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको गुनासो राखेका थिए ।
कञ्चन गाउँपालिकाको हरैयामा शुक्रबार आयोजित घरदैलौमा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार शाहले आफूले सांसद भएकै कारण सडक पूर्वाधार विकास भएको बताउँदै शिक्षा, स्वास्थ्य र सुकुम्बासी समस्या सम्बोधन गर्ने बताए । उनले कञ्चनलाई फाईदा हुने गरि कालिदह भन्सार नाका खुलाउने प्रयास भइरहेको समेत बताए ।
शाहले कञ्चन क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकार समेत गठबन्धनको बन्दा विकासले फड्को लिने विश्वास लिए ।
 कार्यक्रममा निर्वाचन क्षेत्र न. ५ को १ का प्रदेशसभा सदस्य उम्मेद्वार विनोद पहाडीले निर्वाचन क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए ।
उनले शिक्षा, स्वास्थ्यमा निर्वाचन क्षेत्रलाई अब्बल बनाउँदै पूर्वाधार विकास गर्ने बताए । उनले संविधान, गणतन्त्रमाथि नै खतरा उत्पन्न भएपछि गठबन्धन बनेको बताउँदै आफूहरु जनताको पक्षमा उभिने बताए ।
गठबन्धन दलहरुले घरदैलोमा जनताको कुरा सुन्दै योजना बनाउने प्रतिबद्धता समेत जनाएका छन ।
निर्वाचन क्षेत्र न. ५ को प्रतिनिधिसभा तर्फ काँग्रेसका भरतकुमार शाह, प्रदेशसभा १ तर्फ नेकपा माओवादीका विनोद पहाडी र २ तर्फ काँग्रेसका फकरुद्धिन खाँन चुनावी मैदानमा भिडेका छन् ।
दैनिक भेटघाटमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको उपस्थिती रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार