सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण                
समाचार :

गोकर्ण विष्टको प्रक्षेपणः चुनावपछि नेकपा एसको खुद्रा पसल बन्द हुन्छ

बुटवल । नेकपा एमालेका सचिव एवं पुर्वमन्त्री गोकर्ण विष्टले आसन्न निर्वाचनमा पनि आफ्नो जीत निश्चित रहेको बताएका छन् ।

बुटवलमा पत्रकारहरु संग कुराकानी गर्दै नेता विष्टले यस अघि गुल्मीबाट ३ पटक निर्वाचित भएपछि आफुले कामको मुल्याकन मतदाताले गर्ने भन्दै यस पटकको निर्वाचनमा पनि आफ्नो विजयी सुनिश्चित भएको बताए ।

०५६, ०७० र ०७४ सालमा विजयी भएपनि जम्मा ११ बर्ष ७ महिना आफुले काम गर्न पाएको उल्लेख गर्दै उनले त्यस बीचमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत्त विस्तार, सिचाई, खेलमैदानका क्षेत्रमा उलेख्य काम भएको बताए ।

‘०५६ सालमा निर्वाचित भएपछि देशमा द्धन्द्ध थियो । त्यो बेला साढे ३ बर्ष मात्र संसद चल्यो । त्यो बेला विकासका काम भन्दा पनि जिउ ज्यान कसरी जोगाउने चिन्ता थियो । त्यसपछि निर्वाचित भएको समयमा भने गुल्मीको मुहार फेरिने गरी विकासको काम गरियो । त्यहि कारणले यस पटक पनि मतदाताले विकासप्रेमी नेता चुन्नेछन् ।’ उनले भने ।

गुल्मी क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहेका विष्टले यस पटकको निर्वाचनमा आफ्नो कसै संग पनि प्रतिस्पर्धा नभएको बताए ।

जनताले विकास गर्न सक्ने नेता चुन्न सक्ने ल्याकत राख्ने बताउँदै उनले प्रतिस्पर्धी उम्मेदवारलाई पर्यटकका रुपमा गाउँमा भित्रिएको भन्दै कटाक्ष गरे ।

‘उहांपनि सांसद हुनुहुन्थ्यो । अहिले गाउँमा आएर पर्यटक जस्तै घुमेर विकास भएन भन्दै हिड्नुभएको छ भन्ने सुनेको छु । पर्यटक भएपछि धेरै कुरा थाहा नहुनु स्वभाविक हुन सक्छ ।’ उनले भने ।

गाउँमा विकास नभएको भन्दै हिड्नुले प्रतिपक्षी उम्मेदवारले त्यस क्षेत्रमा केही पनि कार्य नगरेको स्पष्ट भएको पनि उनले बताए । पाँच बर्षमा गाउँको विकासलाई १० हजार बजेट सम्म ल्याउन नसकेको भन्दै नेता विष्टले एमाले नेतृत्वको सरकारले पारेका क्रमागत योजनालाई आफुले लिएको भन्दै मतदाता सामु भ्रम छर्ने काम गरेको नेता विष्टले बताए ।

साथै उनले आउँने निर्वाचन पछि समाजबादी नामको खुद्रा पसल बन्द हुने समेत बताए ।

‘नेपाली कांग्रेस र माओवादीको कांधमा चढेर चुनावमा उभिएको एकिकृत समाजवादीको भविश्य चुनावपछि सकिन्छ, यो निर्वाचनले त्यस्ता खुद्रा पसल बन्द गर्ने निश्चित छ’ विष्टले भने ।

विष्टले यसअघि पार्टी छोडेर अन्यत्र लागेकाहरु एमालेमा फर्किने क्रम बढ्दै गएको भन्दै निर्वाचनमा आफ्नो प्रतिष्पर्धी समेत कोहि नभएको दावी गरे ।
गुल्मीका मतदाताले विगतमा नेकपा एमाले र आफुले गरेका कामको आधारमा जनताले आफुलाई मत दिने बताउदै विष्टले गत स्थानीय तहको निर्वाचनमा क्षेत्रभरी नै ५ सय ६७ मत ल्याएको पार्टी संग आफ्नो कुनै प्रतिष्पर्धा नहुने जिकिर गरे ।

विष्टले सामाजिक सुरक्षा कोष मार्फत श्रमिकहरुलाई सुरक्षाको आधार प्रदान गर्ने र युवाहरुलाई रोजगारी प्रदान गर्ने कामको शुरुवात आफ्नै पहल र अगुवाईमा गरिएको दावी गर्दै अबको काम ति कामहरुलाई व्यापक बनाउने रहेको बताए ।

नेता विष्टले राष्ट्र र राष्ट्रियताको जगेर्ना, जनताको स्वाधिनता र आत्मसम्मान जोगाउंदै गरिबी तथा बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सोही अनुसार पार्टी र उम्मेदवारलाई छनोट गर्न मतदाताहरुलाई आग्रह गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार