उपनिर्वाचनका लागि रुपन्देहीमा राप्रपाबाट ६ उम्मेदवार सिफारिस रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न  लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा द्वारा पर्रोहा क्याम्पसलाई पुस्तक हस्तान्तरण किन असफल भयो तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गर्ने प्रयास ? आज वर्षा: यी प्रदेशमा बढी सम्भावना                
समाचार :

रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्र ‘अतिसंवेदनशील’

बुटवल । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचिमा राखिएको छ। प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा १० निर्वाचन रहेको रुपन्देहीमा २१३ मतदान स्थल र ७०७ केन्द्र रहेका छन् ।

मतदान स्थल मध्ये ५ वटा मतदान स्थल भने अस्थायी मतदान स्थल हुन् । जिल्ला कारागार रुपन्देही, २७ नं. गण हेड क्वाटर बेलहिया, रामनगर व्यारेक बुटवल, श्री नं. २ सैन्य तालिम केन्द्र सैनामैना र श्री सैनिक व्याटल स्कुल सालझण्डीलाई अस्थायी मतदान स्थलको रुपमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले जिल्लामा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी विश्लेषण र मूल्याङ्कनको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थललाई तीन किसिमबाट वर्गीकरण गरेको हो। वर्गीकरणका लागि मतदान स्थलको भौतिक संरचना, सीमानाकासँगको निकटता, भौगोलिक अवस्था, प्रहरी कार्यालयदेखिको दूरी तथा सुरक्षा सतर्कता र विगतमा निर्वाचनमा हुने गरेको घटनालाई जिल्ला सुरक्षा समितिले सूचकको रुपमा लिएको छ ।

जिल्लामा रहेका मतदान स्थलहरु मध्ये ६६ मतदान स्थल र २२२ केन्द्रलाई संवेदनशील र ८२ मतदान स्थल र २९९ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले समान्यको सूचिमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए । मतदान स्थल र केन्द्र मध्ये सीमानाकासँग नजिक भएका क्षेत्रका धेरै मतदान स्थल र केन्द्र अतिसंवेदनशीलको सूचिमा वर्गिकरण गरिएको प्रवक्ता अर्यालले बताए । निर्वाचन प्रयोजनका लागि रुपन्देहीमा ३ हजार ९५ जना म्यादी प्रहरी भर्ना गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित