मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

कांग्रेसको घोषणापत्र : साढे २ लाख रोजगारी सिर्जना गरिने [पूर्णपाठ]

काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपामा आगामी ४ मंसिरको चुनाव लक्षित घोषणापत्र सार्वजनिक गरेको छ।

शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्।

५२ पृष्ठ समेटिएको कांग्रेसको घोषणापत्रमा विभिन्न खण्ड समावेश गरेर समसामयिक राजनीति, निरन्तरतामा नवीनता, समुन्नत नेपालका एजेन्डा, संघीयता, आर्थिक व्यवस्थापनलगायत विषय समेटिएका छन्।

कार्यक्रममा कांग्रेसको घोषणापत्र लेखन समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महतलगायत उपस्थित थिए।

उक्त अवसरमा कांग्रेस घोषणापत्र लेखन कार्यदलका सदस्य डा. स्वर्णिम वाग्लेले घोषणापत्र सबै क्षेत्रलाई समेट्ने गरी यथार्थपरक रूपमा लेखिएको बताए। यो घोषणापत्र २००५ देखि र गत स्थानीय तह चुनावका मुद्दाको निरन्तरता रहेको उनको भनाइ छ।

घोषणापत्रमा युवा बेरोजगारी अन्त्यका आधार समेटिएको र कांग्रेसको सरकार बने वार्षिक साढे २ लाख रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याइने उनले जानकारी दिए।

डा. वाग्लेले भने, ‘घोषणापत्रमा अर्थतन्त्र बलियो बनाउने आधार समेटिएका छन्। अर्थतन्त्रलाई चलायमान बनाएर रोजगारी सिर्जना गर्नु र देशलाई समृद्ध बनाउनु नै घोषणापत्रमा जारी प्रतिबद्धताको मूल लक्ष्य रहेको छ।’

कांग्रेसको घोषणापत्रमा एमाले राज्य सञ्चालनमा असफल भएको, बहुमत हुँदाहुँदै पनि दुई–दुई पटक संसद् विघटन गराएको, जनताका समस्याप्रति चासो नदिएको, आफ्नै झगडाका कारण नेकपा विघटन भएको उल्लेख छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित