दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

बुटवल । रुपन्देहीको क्षेत्र नं. १ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई जिताउने रणनीति अनुसार क्षेत्र नं. १ का ३३ वटै वडामा विहीबार संयुक्त बैठक तथा छलफल गरिएको छ ।
त्यस्तै एकीकृत समाजवादी क्षेत्र नं. १ ले रुपदेहीको देवदहस्थित भवानीपुरमा आयोजना गरेको क्षेत्रीय भेलामा गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नेता घनश्याम भूसाल, प्रदेश सभा (क) का उम्मेद्वार विश्वनाथ यादव, (ख) का अब्दुल रज्जाक तथा अगुवा नेता कार्यकर्ताले धारणा राखेका थिए ।
भेलालाई सम्बोधन गर्दै नेता भुसालले नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले छायामा पारेका कयौं असन्तुष्ट एमाले नेता कार्यकर्ताहरुलाई साथमा लिएर जाने प्रतिबद्धता जनाए । लोकतन्त्र बलियो बनाउन परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने उनले औंल्याए । उनले लोकतन्त्र बलियो भएमात्र देश र जनताले समृद्धिको चाहना पुरा गर्ने उल्लेख गरे । गठबन्धनका उम्मेद्वारले निर्वाचन जितेमात्र क्षेत्र नं. १ मा विकासका धेरै बाटहरु खुल्ने उनको भनाई थियो ।
प्रदेश सभा (ख) का उम्मेद्वार अब्दुल रज्जाकले यस क्षेत्रको विकासमा आफूले सक्दो प्रयास गरेको र त्यसको मूल्याङ्कन गरेर यसपटक पनि गठबन्धनका उम्मेद्वारलाई जनताले जिताउने विश्वास ब्यक्त गरे ।
प्रदेश सभा (क) का उम्मेद्वार विश्वनाथ यादवले क्षेत्र नंं. १ को समग्र विकासको लागि पाँच दलीय गठबन्धनका उम्मेद्वारले जसरी पनि जित्नुपर्ने आवश्यकता औंल्याए । आफूहरुलाई बिजयी गराउन उनले जनतासमक्ष आग्रह गरे ।
कार्यक्रम एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराई, टंक पोखरेल लगायतले पनि धारणा राखेका थिए । देवदहबाहेका सबै वडापालिकाहरुमा गठबन्धनको बैठकहरु सम्पन्न भएका निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित