बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

देउवाले भने–गठबन्धन अहिलेको अपरिहार्य हो, कसैप्रति शंका नगर्नुस

बुटवल । प्रधानमन्त्री शेर बहादुर देउवाले अहिलेको गठबन्धन अपरिहार्य रहेको भन्दै मंसिर ४ गते पछि पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । बुटवलमा भएको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले संविधान, गणतन्त्र स्थापित गर्ने गरी यो गठबन्धनलाई अझै १०÷२० बर्ष सम्म लैजाने बताए । ‘गठबन्धनलाई कुनै पनि बाहनामा एकअर्का पार्टी बीच शंका उपसंका गर्ने छुट छैन । यो अहिलेको आवश्यकताले गठबन्धन बनेको हो । हामीले उदार दिलका साथ हामी माओवादी पक्षका लाग्नुपर्छ, समाजबादीको पक्षमा लाग्नुपर्छ । एकअर्कालाई विश्वास दिलाउनुपर्छ ।’ उनले भने ।
साथै उनले अहिले संघिय व्यवस्थालाई खतम पार्ने र गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै संघियता, गणतन्त्र बचाउन र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको बताए । ‘अहिलेको बेला हाम्रो गठबन्धन छ, उहांहरुले मलाई सम्मान गरेर प्रधानमन्त्री बनाउनुभएको छ । कांग्रेसको जिम्मेवारी गठबन्धन बलियो बनाउने भन्नेछ । अहिले पार्टी गठबन्धन जो छ, यसलाई बचाउन अति आवश्यक छ । यसका लागि कुनै पनि किसिमको शंका, उपशंका गर्ने ठाउँ दिनुहुदैन ।’ उनले भने ।
नेपाली कांग्रेसका सभापती समेत रहेका देउवाले गठबन्धनका कारण धेरैले चुनावमा टिकट नपाएको भन्दै अन्य स्थानमा पनि टिकट नपाएकाहरुले अवसर पाउने बताए । ‘अहिले सवैलाई टिकट चाहिएको छ। गठबन्धन छ जितिहाल्छु भन्ने छ । गठबन्धनले जित्छु भन्नु आशा पनि होला । सवैलाई आग्रह छ, धेरै ठाउँमा स्थान छ । आज नपरे भोली पर्न सक्छ । राजनितीक नियुक्ती हुन सक्छ । त्यसैले अहिलेको स्टमको रक्षा गर्न अति आवश्यक छ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार