अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला                
समाचार :

सुकुमबासीका नाममा तिनाउ किनारको निरन्तर अतिक्रमण

‘तर, २०४९ सालदेखि तिनाउ नदी किनार अतिक्रमण सुरु भयाे । त्याे क्रम बढ्दै गयाे’, सात दशकदेखि तिनाउ नदी नियालिरहेका रवीन्द्र गोपाल लाकौल भन्छन्, ‘नदी अहिले कुन अवस्थामा पुगेकाे छ, सबैका सामु प्रष्ट छ ।’

सडक बन्न थालेसँगै नदीजन्य पदार्थ निकाल्न थालियो । त्यसपछि तिनाउ नदीमाथि मानिस हाबी हुँदै गएको र त्याे अहिले नदीकाे अस्तित्व मेटाउने चरणसम्म आइपुगेकाे लाकाैलकाे भनाइ छ ।

उनले भनेजस्तै अहिले तिनाउ नदीकाे अवस्था ठीकठाक छैन । पानी बग्ने ठाउँमा घरहरू ठडिएका छन् । नदी साँघुरो बनेको छ । कुनै बेला पूर्वपश्चिम राजमार्ग जोड्ने तिनाउ पुलदेखि तल बेथरीसम्म तिनाउको बहाव क्षेत्र एक हजार मिटरसम्म हुने गरेकोमा अहिले समग्रमा तीन सय मिटरमा खुम्चिएको छ । नदी किनारमा अहिले ठूला पक्की संरचना निर्माण भइरहेका छन् । बुटवलको हात्तीसुढदेखि तिलोत्तमा हुँदै सियारीसम्म तिनाउ नदीकाे किनार मिचेर बस्ती बसेकाे छ ।

बुटवल उपमहानगरपालिकाकाले एक सार्वजनिक गरेको तथ्याङ्कअनुसार उपमहानगरपालिकाभित्र १६ हजार पाँच सय घरधुरी सुकुमबासी छन् । तीमध्ये सबैभन्दा बढी सुकुमबासी भएको वडा ११ हो, जहाँ ६ हजार ५ सय ५० घरधुरी  छन् । त्यसपछि वडा नम्बर १२ मा बढी सुकुमबासी छन् ।

‘भोट बैंक’का रूपमा चिनिने यी दुई वडामा मात्र ८ हजार भन्दा बढी सुकुमबासी परिवार छन् । यी वडामा सार्वजनिक जग्गा र नदी किनारमा ठूल्ठूला भवन बनाएका छन् ।

चुनावमा जनप्रतिनिधिले लालपुर्जाको आश्वासन दिएकाले खुलामखुल्ला नदी किनार मिचेर घर बनाउने क्रम जारी नै छ । बुटवल उपमहानगरपालिकाले समेत नदी किनारमा संरचना बनाउन साथ दिएकाे छ । उसले आफैँ पूर्वाधार निर्माण गरिरहेकाे छ ।

नदी अतिक्रमण गरी बनेका घर टहरामा नगरपालिकाले आधारभूत सुविधा दिएको छ । नगरपालिकाले बर्सेनि नदीको बहाव क्षेत्रमा धमाधम सडक कालोपत्रे, खानेपानी र बिजुलीको सुविधा दिइरहेको छ । यही कारण तिनाउ नदी क्षेत्रमा अतिक्रमण तीव्र रूपमा बढेकाे छ ।

 

बुटवलका प्रगतिनगर, हात्तिसुढ, पवित्रानगर, तिनाउ नगर, टप मजुवा, दुर्गानगर, बुद्धनगर नदी उकास क्षेत्रमा बसेका बस्ती हुन् । ०४९ सालमा सामान्य बस्ती बस्न सुरु गरे पनि ०५४ सालपछि नदी उकास क्षेत्रमा बस्ती बाक्लो भएकाे बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री बताउँछन् । उनले भने, ‘बाढीले ०३८ सालमा ठूलाे धनजनको क्षति गरेकाे थियाे । त्यसपछि तिनाउ नदीले देवीनगरसम्म डुबान गर्थ्याे । जब नदी उत्खनन थालियो त्यसपछि नदीले कटान गर्न थालेको हो ।’

२०५०/०५१ सालताकै स्काभेटरबाट २० फीटसम्म नदीजन्य पदार्थ निकालिँदा नदीले कटान गर्दै उकासको भाग छाडेको र त्यही ठाउँमा सुकुमबासीहरूको बस्ती बस्न थालेको वडाअध्यक्ष क्षेत्रीले बताए ।

नदी किनारमा तीव्र रूपमा संरचना बन्दैगर्दा जोखिम पनि उत्तिकै बढिरहेकाे जानकारहरू बताउँछन् । चुरे क्षेत्र हुँदै बगेर आउने तिनाउ नदीले वर्षायाममा नदी उकास क्षेत्रमा बनाइएका घरटहरा वर्षैपिच्छे भत्काउने गरे पनि उपमहानगरपालिकाले बस्ती व्यवस्थापनमा खासै चासो दिएको छैन । यही वर्ष तिनाउ नदीले बुटवल ११ मा १० भन्दा बढी घर टहरा भत्काएको थियो ।

तिनाउ नदीबारे अध्ययन गरेका इन्जिनियर खेटराज दाहाल सुकुमबासी बस्तीलाई वैधानिकता दिन उपमहानगरपालिका नै लागिपरेकाे बताउँछन् । सुकुमबासी बस्ती भोट बैंकका रूपमा रहेको र चुनाव हराउने वा जिताउने अन्तिम मत त्यहीँ भएकाले पनि उपमहानगरपालिकाले आवश्यक पूर्वाधार बनाएर नदी भूभाग मिचेर बनाइएकाे बस्तीलाई वैधानिकता दिएकाे उनकाे भनाइ छ ।

उनले भने, ‘नियमले त्यसरी सुकुमबासी बस्तीमा पूर्वाधार निर्माण गर्न पाइँदैन । तर, जनप्रतिनिधिलाई त्यहाँ भोटको लोभ छ ।’

नदी गहिरिँदै गर्दा बगरको उकास देखिएकाे तर त्याे नदीकै उकास नभएको उनकाे भनाइ छ । उनले भने, ‘नदी साँघुरियाे । नदीजन्य पदार्थ निकालियाे । नदी गहिरियो । बगरको उकास देखिएको हो । त्याे नदीकाे उकास होइन ।’

०४०/०४५ सालमा तिनाउ नदीले शंकरनगर, मोतिपुर, अमुवा, बेथरीसम्मका दायाँबायाँका भूभाग डुबाउने गरे पनि नदीजन्य पदार्थ निकाल्न थालेपछि बस्ती डुबान हुन छाडेको र नगरकाे आय पनि बढेकाे उनले बताए । ‘राज्य र जनतालाई केही फाइदा त भयो । तर, वातावरणीय समस्या निम्तियो । स्यालो ट्युवेलमा पानी सुक्न थाल्यो । जमिनमुनि पानीको लेयर घट्यो । सुक्खापन भयो । र, उत्पादनमा समेत कमी आउन थाल्यो । नदी गहिरिँदै जाँदा बगर उकास क्षेत्रमा बस्ती बस्याे ।’

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित