दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

´गृहमन्त्रीले नियमानुसार पाउने सुरक्षालाई आचारसंहिताले रोक्दैन’

बहालवाला प्रधानमन्त्री, गृहमन्त्री तथा मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, बिपक्षी दलका नेताहरुलाई राज्यले दिनुुपर्ने सुरक्षा दिँदा निर्वाचन आचारसंहिता बिपरीत नहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री, गृहमन्त्री तथा मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, बिपक्षी दलका नेताहरु आफ्नो चुनावी क्षेत्र तथा चुनावी कार्यक्रममा जाँदा सरकारी सवारीसाधन प्रयोग गर्न नमिल्ने तर सुरक्षा भने पाउने बताए ।

गृहमन्त्रीले सुरक्षाकर्मी परिचालन गरि प्रचार–प्रसार गरेको गुनासो बारे प्रष्ट पार्दै कोइरालाले पदलाई नियमानुसार सुरक्षा दिनुुपर्ने बताउँदै सुविधा लिएको भनेर आचारसंहिताले नछेक्ने बताए । ‘उँहा (गृहमन्त्री) उम्मेदवार मात्र नभई देशको गृहमन्त्री पनि हो, गृहमन्त्रीले नियमानुसार पाउने सुरक्षालाई आचारसंहिताले रोकेको छैन’, उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा जाँदा झण्डा राखेर सरकारी साधन उम्मेदवारले प्रयोग गर्न नपाउने हो ।’

गृहमन्त्री बालकृष्ण खाँणले उम्मेदवारको हिसावमा जाँदा भने निजी सवारी साधन प्रयोग गरेका छन् । उनले सामान्य अवस्थामा पाउने सुरक्षा भन्दा निकै कम सुरक्षाकर्मी लिएर चुनाव प्रचारप्रसारमा हिंडिरहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलेले सुरक्षाको पोर्टोकलका आधारमा गृहमन्त्रीलाई पाउनुपर्ने सुरक्षा भन्दा पनि कम सुरक्षाकर्मी सुरक्षामा खटिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित