बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

रित्तिन थाले पहाडी गाउँ, भौतिक र मानवीय विकास मुख्य कारक

व्यवसाय, रोजगारी र अध्ययनका लागि तराईका जिल्ला झर्नेहरूको संख्या अहिले दैनिकजसो बढिरहेको छ।

राष्ट्रिय जनगणनाको दश वर्षको पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशका पहाडि जिल्लाहरूमा जनसंख्या २ दशमलव ३९ प्रतिशतले घटेको छ। तराईका केही पालिकाहरूमा ३ दशमलव ८५ प्रतिशत जनसंख्या वृद्धि भएको राष्ट्रिय जनगणनाको तत्थांकले देखाएको छ।

 

लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये ३० वटा पालिकामा २०६८ भन्दा २०७८ को जनगणनामा जनसंख्या घटेको छ। पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानका २८ वटा पालिकामा २०७८ मा जनसंख्या घटेको देखिएको हो।

तराईमा बर्दियाको गेरुवा र दाङको बंगलाचुली गाउँपालिकाको मात्रै जनसंख्या घटेको देखिएको छ। भौतिक तथा मानवीय विकास खोज्दै तराईमा बसाइ सर्नेहरूकै कारण अहिले पहाडका गाउँबस्ती सुनसान बनेको तथ्यांकले पनि प्रमाणित गर्छ।

अर्घाखाँचीका पाँच पालिकाको जनसंख्या घट्दा सन्धिखर्क नगरपालिकाको जनसंख्यामा सामान्य वृद्धि भएको छ। पछिल्लो दश वर्षमा लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा र रुकुमका पालिकाहरूमा भने जनसंख्या केही स्थिर देखिएको छ।

सबैभन्दा बढि पाल्पाको निस्दी गाउँपालिकाको जनसंख्या घटेको छ। जनगणना २०७८ को तथ्यांकअनुसार १० वर्षमा निस्दीको जनसंख्या ४ हजार ९८२ ले घटेको छ। २०६८ सालमा २२ हजार ६११ जनसंख्या रहेकोमा २०७८ मा १७ हजार ६२९ भएको छ।

निस्दीपछि पाल्पाकै बगनासकाली गाउँपालिकामा पनि जनसंख्या घटेको छ। बगनासकालीमा १० वर्षमा जनसंख्या ४ हजार ४२७ ले घटेको छ। पाल्पाकै पूर्वखोला, रिब्दीकोट, रम्भा, रैनादेवी छहरा, तिनाउ र माथागढी गाउँपालिकामा पनि जनसंख्या घटेको छ। गुल्मीका सबै पालिकाको जनसंख्या घटेको छ।

भौतिक विकास मुख्य कारक
अहिले पनि पहाडि जिल्लाहरूमा विकासका उचित पूर्वाधार छैनन्। राम्रो स्वास्थ्य चौकी, बाह्रै महिना चल्ने सडक सञ्जाल, गुणस्तरीय शिक्षा र विद्युत् आपूर्ति नहुँदा अधिकांश मानिसको रोजाइमा सुविधा भएका शहर र तराई पर्न थालेको छ। भौतिक विकास नाम मात्रको छ।

 

आम नागरिक भौतिक विकास र मानवीय विकास खोज्दै तराईमा झर्ने गरेको राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. गणेश गुरुङले बताए। धेरै जनालाई आफ्नो पुर्खाले बसेको थलो छाडेर आउने मन नभए पनि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायातको सहज पहुँच नहुँदा बसाइ सर्नेहरू बढेको उनको भनाइ छ।

हालसम्मका विकासका रणनीति, योजना र प्रयासहरू सबै तराई केन्द्रित हुँदा पहाडी र हिमाली जिल्ला रित्तिँदै गएको डा. गुरुङले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित