कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादीः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको जनाए ।

रुपन्देहीको सियारी–२ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार खाँणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको जनाउँदै सबैभन्दा बढी राष्ट्रवादी भनेकै सीमा क्षेत्रमा बस्ने नेपालीहरु भएको दावी गरे । उनले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधै उच्च सम्मान गर्दै आएको र गरिरहने बताए ।

‘मुलुकको सीमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन भन्ने मेरो र सरकारको ठम्याई हो’, खाँणले भने । उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुःख, मर्का, पीडा र समस्या समाधान गर्न सरकार लागि परेको बताए ।

‘हामीले सीमाबासीलाई पर्ने हरेक समस्यामा साथ दिँदै आएका छौं, नेपाली काँग्रेस र गठबन्धन सरकार सधैं तपाईंहरुको साथमा छ, ढुक्क भएर नेपाली भूमिको रक्षा गर्नुस्, निर्धक्क भएर आफ्नो दैनिकी संचालन गर्नुस्’, उनले भने, ‘समस्या परे सरकारले सहयोग गर्छ, समाधान गर्छ, यहाँहरुको हीतका काम गर्छौं ।’

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार