कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर                
समाचार :

विष्णु पौडेलको योजनामा यस्तो बन्दै छ, तिनाउ नदीमा सिग्नेचर पुल

  • सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भएपनि नयां प्रविधिबाट निर्माण हुने
  • बुटवल । मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल बन्ने भएको छ । त्यसको आर्किटेक डिजाइन तयारीको काम अन्तिम चरणमा पुगेको छ । बिश्व बैंकको सहयोगमा आधुनिक पुल बन्ने भएको हो । चिनिया, भारतीय, स्विस र नेपालका पुल विज्ञहरुसंगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयारीको काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।
    सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरि पोखरेलले अहिलेको पुल विस्थापित गरेर वा त्यसको तल वा माथि उपयुक्त स्थानमा सिग्नेचर पुल निर्माण गर्ने डिजाईनको अन्तिम तयारी भइरहेको बताए ।
    यो पुल निर्माणसंगै बुटवलदेखि कपिलबस्तुको गोरुसिंंगे सम्मको सडक समेत बिस्तार गर्नेगरी डिजाईनको काम सूरु भएको छ । अहिले भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टीङले यो पुलको आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ । यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ ।
    सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भएपनि नयां प्रविधिबाट निर्माण हुने पुल महाशाखाले जनाएको छ । झट्ट देख्दा नेटवर्क आर्क व्रिज जस्तै देखिने भएपनि यो आर्क व्रिज भन्दा अझ आकर्षक हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होम बहादुर एसीले बताए । मानिसले सिग्नेचर गर्दा जसरी अक्षरहरुलाई घुमाएर बांगोटिंगोे बनाउंछन् सिग्नेचर व्रिजको डिजाइन पनि त्यही प्रकृतिले गरिन्छ ।
    पुल चार लेनको बनाउने योजना रहेको पुल महाशाखाले जनाएको छ । प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने छ । यसका साथ पुलबाट बुटवलको उत्तर दक्षिणसंगै जितगढी किल्लाको दृष्य अवलोकन गर्नका लागि आकर्षक पार्क, र कफिसपहरु संचालन गर्ने गरी डिजाईन भएको ईन्जिनियर पोखरेलले बताए ।
    शहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरुका लागि आकर्षण बनाउन तिनाउमा पानिका फोहोरा तथा आकर्षक लाईटहरुको ब्यवस्था हुने छ । महाशाखाका अनुसार यस्ता पुलहरुले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ । युरोपका धेरै देशहरुमा यस्ता पुलहरु बनेको र त्यहां लोकप्रिय भएकाले नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको हो ।
    तिनाउ नदीमा ६ लेनको अत्याधुनिक र आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण हुने भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत हालको तिनाउ पुल जीर्ण हुंदै गएको र बुटवल क्षेत्रको सवारी चाप समेत अत्यधिक बढेका कारण नयां सिग्नेचर ब्रिज निर्माणका लागि तयारी थालिएको हो ।
    सडक विभाग अन्तर्गत पुल महाशाखाले भविष्यमा बुटवलको सवारी व्यवस्थापन र जितगढी किल्लाको पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्याउने गरी पुल बनाउन लागेको हो । यो पुलको निर्माण संगै बुटवलको पर्यटन बिकासमा र प्रवद्र्धनमा महत्वपुर्ण सहयोग पुग्ने बिश्वास बुटवलका पर्यटन व्यवसायीहरुको छ ।
    हेर्दै आकर्षक र विकसित मुलुकमा भएका आइकोनिक पुल जस्तै देखिने गरी निर्माण गर्न लागिएको यो पुलले बुटवलको बिकास मात्रै होईन नेपालको पुर्वाधार बिकास र समृद्धीमा फड्को मारेको सन्देश दिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।
    पुलको किनारमै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला समेत रहेकाले पर्यटनको सम्भावनालाई ध्यानमा राखेर सिग्नेचर ब्रिज निर्माण गर्ने गरी डिजाईन गरिएकोले बुटवलमा पर्यटकहरुको आकर्षण बढ्ने लुम्बिनी प्रदेशसभा सदस्य तथा बुटवल उपमहानगरपालिकका पुर्व प्रमुख भोज प्रसाद श्रेष्ठले बताए ।
    सिग्नेचर पुलको निर्माणसंगै बुटवलको बिकासमा महत्वपुर्ण ईटा थपिने बुटवलका बासिन्दाहरुको बिश्वास छ । यो पुल निर्माणसंगै बुटवल र बुटवलबासीको बिकास र समृद्धीको एउटा सपना साकार हुने रुपन्देही ब्यापार संघका पुर्व अध्यक्ष टंक पोखरेलले बताए ।
    पुल निर्माणका लागि बुटवल उपमहानगरपालिकाको महत्वपुर्ण भुमिका हुने भनाई सडक बिभागको छ । सिग्नेचर पुल निर्माणका लागि तिनाउ नदिदेखि पुर्व तर्फको करीव एक किलोमिटर सडक समेत चौडा हुनुपर्ने भएकोले बुटवल उपमहानगरपालिकाले सडक किनारका संरचना भत्काउने काम गर्नुपर्ने भन्दै उपमहानगरपालिकालाई जानकारी गराईसकेको सडक बिभागले जनाएको छ ।
    यसरी सम्भव भयो, तिनाउमा पुल
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा नयां किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । सोहि प्रस्ताव अनुसार विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री भएको समयमा चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा गरि २ वटा बिशेष प्रकारका आकर्षक डिजाईनमा सिग्नेचर पुल बनाउने गरि बजेट बिनियोजन भएको थियो ।


    विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि पौडेलले बजेट विनियोजन गरेका थिए । पौडेलले प्रस्तुत गरेको बजेटसंगै केपी ओली नेतृत्वको सरकारको बर्हिगमन भएपछि गठन भएको देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले पुलका लागि विनियोजन भएको बजेट काटेपछि यो पुल बन्दैनकी भन्ने आशंका पनि बढेको थियो । तर अर्थमन्त्रालयका सचिवहरुले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पना अनुसार सिग्नेचर व्रिजको बजेट ब्यवस्था गरिएको बताएपछि पुलका लागि बिनियोजन भएको बजेटले निरन्तरता पाएको थियो ।
    तिनाउमा जलविहार गराउने उद्देश्य छ–पौडेल
    कालिगण्डकी डाइभर्सन गरेर वा ड्याम बनाएर तिनाउको जलसतह बढाउने योजना अहिले प्रारम्भिक रुपमा अघि बढिरहेको छ । पानीको सतह तिनाउमा बढ्दा तिनाउलाई जलपर्यटनको विकास मात्र होईन तिनाउमा जलविहार बनाउने उद्देश्यले सहित पुलको परिकल्पना गरेर योजना बुटवलमा पारेको एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं. २ का पुर्व सांसद विष्णु पौडेलले बताए ।

    एमाले उपाध्यक्ष, विष्णु पौडेल

    ‘पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला समेत रहेकाले पर्यटनको अथाह सम्भावनालाई ध्यानमा राखेर ‘सिग्नेचर ब्रिज निर्माण गर्ने योजना बनाइएको हो । यो पुललाई मुलुकमा हालसम्मको सबैभन्दा नयां, आकर्षक र अत्याधुनिक प्रविधि सहित डिजाइन गरिने छ । त्यसका लागि अन्तरराष्ट्रिय स्तरमा ख्याति कमाएका सिग्नेचर ब्रिज डिजाइनरहरुबाट डिजाइन र स्टिमेटको भईरहेको छ’ उनले भने ।
    संसारका विभिन्न मुलुकमा आकर्षक पुल निर्माण गरेर पर्यटन प्रवद्र्धन गरिएकाले बुटवलमा पनि सोही अनुसारको योजना बनाइएको उनको भनाई छ । ठूला पूर्वाधारहरु सम्पन्न हुने तर एउटा सांघुरो पुलका कारण शहरको सवारी व्यवस्थापन अस्तव्यस्त नहोस् भन्नका लागि र भविष्यमा जीतगढी घुम्न आउने पर्यटकलाई तिनाउमा जलविहार समेत गराउने उद्देश्य राखेर नेपालमा पहिलो सिग्नेचर ब्रिज बुटवलको तिनाउमा निर्माण गर्ने प्रकृया अगाडी बढाउन पाएकोमा आफुलाई गौरबबोध भएको पौडेलले बताए ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार