मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी प्रदेशका कर्मचारीलाई पर्यटन बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई दिँदै आएको आन्तरिक पर्यटन काजलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छ ।

प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो व्यवस्था गरेको हो । प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पताल स्थापना गर्न अध्ययन गर्ने समेत बजेटको घोषणा छ ।

आगामी दशकलाई लुम्बिनी भ्रमण दशकको रुपमा मनाउन संघीय सरकारसँग सहकार्य गर्ने घोषणा प्रदेश सरकारको छ । प्रदेश भित्र बुल राइडिङ, बुल ड्राइभ, बफेलो ड्राइभ, बयलगाँडा यात्रा, पहाडी घोडा यात्रा जात्रा गर्ने समेत प्रदेश सरकारको भनाइ छ । प्रदेश भित्र सस्पेन्सन ब्रिज पार्कको निर्माणको सुरुवात गर्ने समेत प्रदेश सरकारको घोषणा छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित