हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

लघुवित्तको ऋणले ‘टर्चर’ सहन नसकेपछि भारत भासिए ऋणी

बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिकाकी कविता परियारले ग्रामीण विकास लघुवित्तबाट १ लाख ५० हजार ऋण लिइन्। एक वर्षअघि लिएको ऋण अहिले २ लाख ५० हजार पुगिसक्यो।

पैसा तिर्ने हो, नतिर्ने भनेको छैन। तर पनि हाम्रो मर्म लघुवित्तका कर्मचारीले बुझ्दैनन्।

ऋण तिर्न लघुवित्तले ताकेता गरिरहेको छ। तर, तिर्ने रकम जोहो हुन सकिरहेको छैन। श्रीमान् विदेशमा भए पनि गतिलो आम्दानी छैन। भएको आम्दानी पनि घरखर्च र केटाकेटीको रेखदेखमा ठिक्क छ।

केही रकम बचाउने र पछि क्रमशः ऋण तिर्ने उनको योजना छ। तर, लघुवित्तका कर्मचारी रकम माग्दै धम्क्याउँछन्।

‘पैसा तिर्ने हो, नतिर्ने भनेको छैन। तर पनि हाम्रो मर्म लघुवित्तका कर्मचारीले बुझ्दैनन्’, उनले भनिन्।

ऋणका कारण आफू मानसिक रूपमा विक्षिप्त भएको उनी बताउँछिन्।

‘दिन-दिनै फोन आउँछ, कर्मचारी आउँछन्। यहि ऋणले गाउँबाटै उठिबास हुने हो कि भन्ने डर लाग्छ,’ उनले अगाडि भनिन्, ‘श्रीमान्लाई पैसा पठाउन भन्यो त्यहाँ काम छैन भन्नुहुन्छ। अलि-अलि रकमले गर्जो मात्र टरेको छ।’

हैरैयाकी कल्पना थापा घरमा नयाँ मान्छे आएको देख्दा झस्किन्छिन्। धेरै लघुवित्तबाट ऋण लिएकी उनलाई कुन लघुवित्तले कसलाई पैसा उठाउन पठायो भनेर तर्सिन्छिन्।

उद्यमी बन्ने भनेर ऋण लिए पनि अहिले साह्रै अप्ठयारो भएको छ। तिर्नसक्ने सामर्थ्य छैन। जहाँत्यहिँ मन्दी छ। कसरी रकम तिने?

ऋण लिएको १ लाख मात्र हो। तर, तिर्न सकिरहेकी छैनन्। सिभिल लघुवित्तबाट लिएको ऋणले अहिले उनलाई मानसिक तनाव दिएको छ।

३ वर्षअघि बाख्रा र कुखुरापालनका लागि लघुवित्तबाट ऋण लिएकी उनले पटक-पटक गरेर १ लाख रूपैयाँ ब्याज बुझाइन्। तर, अहिले १ लाख ४० हजार ब्याज पनि खप्टाएर लघुवित्तले उनको कर्जा बढाइदिएको छ।

‘उद्यमी बन्ने भनेर ऋण लिए पनि अहिले साह्रै अप्ठयारो भएको छ। तिर्नसक्ने सामर्थ्य छैन। जहाँत्यहिँ मन्दी छ। कसरी रकम तिने?’, उनले भनिन्।

गुल्मीको धुर्कोट गाउँपालिका-६ की गुडिया विकले पाँच वटा लघुवित्तबाट ऋण लिएकी छन्। कृषि उत्पादन र पशुपालनका लागि ऋण लिएकी उनी अहिले तिर्नसक्ने अवस्थामा छैनन्। उत्पादन छैन, पशुपालन पनि भएन। तर पनि ब्याजले ऋण बढिरहेको छ।

‘जे सोचेर ऋण लिए त्यो पूरा हुन पाएन। साऊँ तिर्न सकिन। आटेको काम भएन। तर ब्याज बढेको बढ्यै छ’, उनले गुनासो गरिन्।

एकै व्यक्तिलाई धेरै लद्युवित्तले ऋण दिने गरेको छ, यसले पनि धेरैलाई समस्या पारेको छ।

यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्, लघुवित्तको ऋणको दलदलमा गाउँका हरेकजसो स्थानीय फसेका छन्। सानो रकम ऋण लिएर उद्यम गर्न चाहेका स्थानीय ऋणीहरू अहिले लघुवित्तले दिने मानसिक यातनाको सिकार भइरहेका छन्। कतिपय त ऋणकै कारण गाउँघरनै छाड्नुपर्ने बाध्यतामा पुगेका छन्।

गुल्मीको धुर्कोटमा १० जना भन्दा बढि ऋण तिर्न नसकेर भागेका छन्। गुल्मीको गैँडाकोटमा रहेको ग्लोबल आइएमई लघुवित्तका ६५ जना सदस्यहरू गाउँ छाडेर हिँडेका छन्।

रुपन्देहीका पनि कञ्चन, सियारी लगायतका गाउँबाट २५ जना भन्दा बढिले ऋण तिर्ने उपाए नभएपछि भारत भासिए।

विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाउनु, उनीहरूलाई नियमित बचत गर्न अभिप्रेरित गर्नु र सामूहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न विनाधितो कर्जा प्रवाह गर्नु लघुवित्तहरूको मूल जिम्मेवारी हो। तर बेप्रवाह गर्ने ऋण लगानीले अहिले ऋणीहरू आत्तिएका हुन्।

लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यबाहेकका व्यक्तिबाट बचत निक्षेप संकलन गर्न नपाउने भए पनि कतिपयले बाहिरी सदस्यलाई समेत ऋण लगानी गर्ने गरेका छन्।

लघुवित्तमा बढि व्यापारीकरण भयो
लघुवित्तका अध्येता डा. भरतसिंह थापा नेपालमा लघुवित्तमा बढि व्यापारीकरण हुँदा नै अहिलेको समस्या आएको बताउँछन्। नेपालका लघुवित्तले बैंकले जस्तै गरी व्यवसाय गरेको उनको बुझाइ छ।

ऋणीहरूले जुन प्रयोजनका लागि ऋण लिएका हुन्, त्यहि प्रयोजनमा खर्च नगर्दा अहिलेको समस्या देखियो।

लघुवित्तहरूबीच हुने गरेको अस्वस्थ प्रतिस्पर्धाको सिकार ऋणी बनिरहेको उनले बताए। आर्थिक क्षेत्रका जानकार तथा पूर्व लघुवित्त वित्तीय संस्थाका सञ्चालक मणिकर कार्कीले एउटै व्यक्तिलाई धेरै समूहमा राख्दा समस्या भएको बताउँछन्।

‘एकै व्यक्तिलाई धेरै लद्युवित्तले ऋण दिने गरेको छ, यसले पनि धेरैलाई समस्या पारेको छ’, उनले भने।

लघुवित्त सञ्चालक संघ नेपालका केन्द्रीय अध्यक्ष जगतबहादुर पोखरेलले आफूहरू ऋण लगानी गर्दा नेपाल राष्ट्र बैंकको गाइडलाइनभन्दा बाहिर नगएको दाबी गरे। उनले ऋणीहरूले जुन प्रयोजनका लागि ऋण लिएका हुन्, त्यहि प्रयोजनमा खर्च नगर्दा अहिलेको समस्या देखिएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित