भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनीकी मन्त्री कृष्णा के.सीः पदबहाली अस्वीकार, सेवा सुविधा सवै स्वीकार

लुम्बिनी प्रदेश सरकारमा मन्त्री सिफारिसका विषयमा सत्तारुढ माओवादी भित्र चुलिएको विवाद साम्य भएको छैन । पुस २८ मा मन्त्री नियुक्त भएकी कृष्णा केसीले माघ २८ मा आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएपनि अहिलेसम्म पदभार ग्रहण गरेकी छैनन् ।

मुख्यमन्त्री लीला गिरीसँगै नियुक्ती बाँकेकी केसीले पार्टीको संसदीय दलबाट निर्णय नभई जिम्मेवारी विभाजन भएको भन्दै पदभार अस्वीकार गर्दै आएकी छन् । मन्त्री बनेको एक महिनापछि आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मा पाएकी उनले काम गर्न मानेकी छैनन् ।

मन्त्री भएको डेढ महिना पुग्न लाग्दासमेत पदवहाली गरेकी छैनन् । उनीसँगै जिम्मेवारी तोकिएका सबै मन्त्रीले पदवहाली गरे पनि उनले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै पदवहाली अस्वीकार गर्दै आएकी छन् ।

तर उनले सामाजिक सञ्जालमा विभिन्न पर्वमा मन्त्रीकै हैसियतमा शुभकामना दिइरहेकी छन् भने सरकारी गाडी नै प्रयोग गरिरहेकी छन् । आइतबार नेपालगन्ज रंगशालामा २८ औं माओवादी जनयुद्ध दिवसको अवसरमा भएको फुटबल प्रतियोगिताको उदघाटनमा उनी मन्त्रीकै हैसियतमा सहभागी भएकी थिइन् । त्यस्तै तीनदिन अघिमात्रै केसीले मन्त्रीकै हैसियतमा नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनीको उदघाटन गरेकी थिइन् ।

सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार माओवादीलाई परेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनको दाबी थियो । तर, पार्टीले उनलाई आन्तरिक मामिला मन्त्रालयलको जिम्मेवारी दिएपछि उनले अस्वीकार गर्दै मन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत पनि भएको छैन् । मन्त्री केसीले जिम्मेवारी बाँडफाँडमा पार्टीभित्र व्यक्तिको एकल निर्णय भएको भन्दै पार्टीमा छलफल गरेर मात्र पदवहाली गर्ने–नगर्ने निर्णय लिने बताएकी थिइन् ।

पदबहाली अस्वीकार गरेपनि मन्त्रीकै हैसियतमा हिंडेको विषयमा राखेको जिज्ञासामा आफू राजीनामा स्वीकृत नभएसम्म मन्त्रीकै हैसियतमा रहेको बताइन् । पदभार ग्रहण नगरी किन मन्त्रीको हैसियतमा हिंड्नुभएको भन्ने जिज्ञासामा केसीले भनिन्–“यस्तो प्रश्न सोध्ने तपाईं को ? म राजीनामा स्वीकृत नभएसम्म मन्त्रीकै हैसियतमा छु, पदभार ग्रहण गर्ने नगर्ने मेरो कुरा हो, मन्त्रीबाट हटेका मान्छे पनि एक डेढ महिनासम्म मन्त्रीकै हैसियतमा हिंडेका छन्, तिनको बारेमा खोज्नुस् न ।”

उनले आफूलाई यस्ता प्रश्न नगर्न आग्रह गरिन् । “म जुन हैसियतमा हिंडेपनि तपाईंलाई के मतलव”–उनले भनिन् ।

माओवादी स्रोतकाअनुसार उनले संसदीय दलको बैठकपछि पनि जिम्मेवारी स्वीकार नगरे कारबाही गर्नुपर्ने माग पार्टीभित्रै जोडदारले उठिरहेको छ । मन्त्री केसी माओवादीमा जर्नादन शर्मा निकट मानिन्छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित