युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

ओलीको क्यारिकेचर गर्दै नेपालले भने– ‘…सरम लाग्दैन’

बुटवल, ४ कार्तिक । नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालले पाँच दलिय गठबन्धनको एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । बुटवलमा भएको चुनावी प्रशिक्षणलाई सम्बोधन गर्दै उनले विरोधीले अनेकन प्रचार गरेपनि त्यसलाई चिर्दै अहिलेको गठबन्धनको आवश्यकता सविस्तार बताउनुपर्ने बताए ।
केपी ओलीले गरेको गठबन्धन प्रतिगमन गठबन्धन रहेको भन्दै आफुहरुले गरेको गठबन्धन अग्रगामी भएकाले अहिलेको चुनावमा पनि एमालेलाई पछार्ने बताए । ‘देशलाई बचाउनका लागि हामीले सडक बाट पछारेका छौ, स्थानिय तहको निर्वाचनमा पछारेका छौ । संघ र प्रदेशमा पनि पछार्न पर्छ । यहि संकलल्पका साथ चुनावी मैदानमा उत्रिन आवहान गर्न चाहन्छु’ उनले भने ।
साथै उनले आफुहरुले अग्रसरता नलिएको भए एमाले अध्यक्ष ओलीले देशलाई प्रतिगमनको दिशामा लैजाने बताए । ‘हामीले पहल नगरेको भए प्रगितमनको दिशमा जाने थियो । लोकतन्त्र मासिने थियो । गणतन्त्र मासिने थियो । संघियतालाई समाप्त पारिने थियो । समाजबाद तर्फको यात्रा अवरोध हुने थियो । हामीले देशलाई निकै ठुलो संकट बाट बचाएका छौ’ उनले भने ।
केपी ओलीले गरेको हरेक कार्य अनुचित रहेको भन्दै अनुचित कार्यको विरुद्ध आवाज उठाउँदा आफुलाई कामै गर्न दिइएन भनेर भनेको आरोप समेत लगाए । ‘ओलीले जति पनि काम गरेका छन् । अनुचित काम र कुरा त्यहि पालामा भएका छन् । यी कुरा उठाउँदा मलाई कामै गर्न दिइएन भनेर प्रचार गरे ।’ उनले थपे–‘सर्म लाग्दैन ।’
उनले आफुहरुले राम्रो काम गर्न र अनुचित काम गर्न भनेपनि ओलीले त्यस्ता कुरामा चासो नदिएको बताए । उनले आफुहरुले दिएका सुझावले ओलीलाई केही नपचेको र घोचेको मात्र नभई ओलीलाई पोलेको समेत बताए ।
साथै उनले घनश्याम भुसालले ओलीलाई सुधार्न सावुन पानीले धुन खोजेपनि नसुध्रिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित