बुटवल, ४ कार्तिक । नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालले पाँच दलिय गठबन्धनको एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । बुटवलमा भएको चुनावी प्रशिक्षणलाई सम्बोधन गर्दै उनले विरोधीले अनेकन प्रचार गरेपनि त्यसलाई चिर्दै अहिलेको गठबन्धनको आवश्यकता सविस्तार बताउनुपर्ने बताए ।
केपी ओलीले गरेको गठबन्धन प्रतिगमन गठबन्धन रहेको भन्दै आफुहरुले गरेको गठबन्धन अग्रगामी भएकाले अहिलेको चुनावमा पनि एमालेलाई पछार्ने बताए । ‘देशलाई बचाउनका लागि हामीले सडक बाट पछारेका छौ, स्थानिय तहको निर्वाचनमा पछारेका छौ । संघ र प्रदेशमा पनि पछार्न पर्छ । यहि संकलल्पका साथ चुनावी मैदानमा उत्रिन आवहान गर्न चाहन्छु’ उनले भने ।
साथै उनले आफुहरुले अग्रसरता नलिएको भए एमाले अध्यक्ष ओलीले देशलाई प्रतिगमनको दिशामा लैजाने बताए । ‘हामीले पहल नगरेको भए प्रगितमनको दिशमा जाने थियो । लोकतन्त्र मासिने थियो । गणतन्त्र मासिने थियो । संघियतालाई समाप्त पारिने थियो । समाजबाद तर्फको यात्रा अवरोध हुने थियो । हामीले देशलाई निकै ठुलो संकट बाट बचाएका छौ’ उनले भने ।
केपी ओलीले गरेको हरेक कार्य अनुचित रहेको भन्दै अनुचित कार्यको विरुद्ध आवाज उठाउँदा आफुलाई कामै गर्न दिइएन भनेर भनेको आरोप समेत लगाए । ‘ओलीले जति पनि काम गरेका छन् । अनुचित काम र कुरा त्यहि पालामा भएका छन् । यी कुरा उठाउँदा मलाई कामै गर्न दिइएन भनेर प्रचार गरे ।’ उनले थपे–‘सर्म लाग्दैन ।’
उनले आफुहरुले राम्रो काम गर्न र अनुचित काम गर्न भनेपनि ओलीले त्यस्ता कुरामा चासो नदिएको बताए । उनले आफुहरुले दिएका सुझावले ओलीलाई केही नपचेको र घोचेको मात्र नभई ओलीलाई पोलेको समेत बताए ।
साथै उनले घनश्याम भुसालले ओलीलाई सुधार्न सावुन पानीले धुन खोजेपनि नसुध्रिएको बताए ।










