रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

आफ्नै समस्याको समाधान खोज्दा उद्यमी बनेकी अन्जु

तिलोत्तमा नगरपालिका वडा नं १ ड्राईभरटोलकि अन्जु थापा क्षेत्रीले महिनावारी हुँदा बजारबाट किनेको डिस्पोजेवल सेनिटरी प्याड प्रयोग गर्थिन्। विभिन्न फ्लेवर सहित पाईने सेनिटरी प्याडको प्रयोगले योनी चिलाउने विमिरा आउने समस्या भईरहन्थ्यो।

बैंककी जागिरे अन्जुलाई महिनावारी हुँदा सेनिटरी प्याड प्रयोग नगरेपनि काम नचल्ने। प्रयोग ग¥यो विमिराहरु आउने, चिलाउने हुन्थ्यो। अर्को कुनै विकल्प नभएपछि प्याड माथी सुतिको पुरानो कपडा राखेर प्रयोग गर्न थालिन्। सिरकका पुराना खोलहरुलाई धोएर सानो सानो साईजमा काटेर उनले प्याडमाथी राखेर प्रयोग गर्थिन्।

खोलको कपडामा आउने भुवाले गर्दा एलर्जी हुन छोडेन त्यसले पनि फाईदा नगरेपछि उनि धेरैपटक चिकित्सकको सल्लाह लिन पुगिन्। चिकित्सकले डिस्पोजेबल प्याडले एलर्जी भएको भन्दै कपडाको प्याड प्रयोग गर्न सुझाव दिन्थे।

अन्जुका श्रीमान प्रकाश जिसी रोजगारीको लागि साउदीमा थिए। उनले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडले आफुलाई बनाएको एलर्जीबारे श्रीमानलाई सुनाईन्। साउदीमा किनमेलका लागि बजार जाँदा उनले कटनको वासेबल सेनिटरी प्याडबारे सुनेका थिए। केहिदिनको खोजिपछि उनले कटनको प्याड फेला पारे। श्रीमानले साउदीबाट पठाईदिएको प्याड प्रयोग गरेपछि अन्जुलाई विमिरा आउने, चिलाउने समस्या देखिन छोड्यो।

त्यो प्याड दुईवर्ष प्रयोग गरिन्। डिस्पोजेबल प्याडको प्रयोगले आफुुुलाई जस्तै अरुलाई पनि एलर्जी भएको हुनसक्ने भन्दै उनले आफैले प्याड बनाउने निधो गरिन्। ‘प्याड त बनाउने तर, कस्तो कपडा प्रयोग गर्ने ? लिकेज नहुने र लगाउँदा पनि नरम कपडा चाहिनुप¥यो। मलाई त्यसबारे केहि जानकारी थिएन,’ अन्जु भन्छिन्।

उनलाई प्याडको लागि कस्तो कपडा चाहिन्छ भन्ने बारेमा पनि प्रकाशले नै सहयोग गरे। श्रीमानले बिदेशबाटै कपडा पठाईदिएपछि उनले प्याड बनाउन शुरु गरिन्। नाम राखिन् अन्जु सेनेटरी प्याड।

चारवर्ष पहिले सेनिटरी प्याड बनाउन शुरु गर्दा उनलाई कपडाको जोहो, कम्पनी दर्ता, सिलाई मेशिन र स्थानको जोहो गर्नुमात्र होईन प्याड कसरी सिलाउने भन्ने सिक्न नै धेरै सकस प¥यो। त्यो बीचमा बच्चा जन्मिएपछि बैंकको जागिर छोडिसकेकी अन्जुले सिलाई सम्बन्धि कुनैपनि तालिम लिएकी थिईनन्। ‘एक्लै घरभित्र बसेर श्रीमानले ल्याईदिएका प्याड उधार्ने र कसरी काटेको छ, कसरी सिलाएको छ भनेर हेर्ने गर्थें, प्याडको सेप र सिलाउने तरिका हेर्नकै लागि भारत र चाईनाबाट पनि प्याड मगाएकी थिएँ, तिनै प्याड उधार्ने र सिलाउने गर्दै जाँदा सिलाउन पनि जान्ने भएँ,’ प्याड उत्पादन गर्दाको अनुभवबारे उनि भन्छिन्।

व्यवस्थापन पढेर केहि समय बैंकमा जागिरे रहेकी अन्जुले आफैलाई परेको समस्याको समाधान खोज्दै उद्यमको बाटो रोजिसकेकी थिईन्। दिनभरी घरभित्र बसेर एक्लै प्याड तयार गरेपनि उनले त्यसलाई बजारमा पु¥याउन सकेकी थिईनन्। बाहिर बजारको कुरा त धेरै परको कुरा भयो, आफ्नै छिमेकमा रहेका महिलाहरुलाई पनि उनले आफुले गरिरहेको काम बारे भन्न सकेकि थिईनन्।

‘मैले प्याड बनाउछु भन्ने कुरा उहाँहरु आफैले थाहा पाउनुभएछ, एकदिन उहाँहरु आफैले हामिपनि दिनभरी खाली छौं तपाईसँगै जोडिन चाहन्छौं भनेपछि हामी सँगै जोडिएका छौं।’ अन्जु भन्छिन्।

अहिले अन्जुसँगै उनकै छिमेकमा रहेका कल्पना जिसी, कृष्णकला कार्की र कौशिला श्रीस पनि सेनिटरी प्याड उत्पादनमा जोडिएका छन्। उनिहरु जोडिएपछि स्थानीय जागृत आमा समुहले एकदिनको प्याड बनाउने तालिम दिएको थियो, त्यसले पनि उनिहरुलाई धेरै ज्ञान दियो। ‘प्याड सम्बन्धि धेरै कुराहरु त युट्युब हेरेरै सिक्ने गरेका छौंं।’ अन्जु भन्छिन्।

शुरुको दुईवर्ष बजारमा पठाउन धेरै कठिन भएपनि अहिले भने विभिन्न गैरसरकारी संघसंस्था र अनलाईन पसलको माध्यमबाट उनिहरुले उत्पादनलाई बजार पु¥याउने गरेका छन्। ‘हामीले तयार गरेको धेरै प्याडहरु त गैर सरकारी संघसंस्थाहरुले डोनेसन दिनकै लागि लैजाने गर्छन्, अहिले अनलाईन पसल ‘दराज’ मा पनि राखेका छौं, माग राम्रो भईरहेको छ,’ अन्जु भन्छिन्।

प्याडको लागि भारत र चाईनाबाट विशेष खालको कपडा ल्याउने उनिहरु साँझ विहान घरधन्दा गरेपछि दिनभरी बसेर कपडा काट्ने र सिलाउने गर्छन्।

प्याडको लागि सामान्य कटन कपडा नभई विशेष खालको कपडा प्रयोग गरिन्छ। बाहिर तर्फ कालो रङको कपडालाई माईक्रो फिलिष्ट भनिन्छ। जस्ले रगत सोस्ने र बाहिर चुहिनबाट रोक्न सक्ने गुणको हुन्छ। भित्र पट्टी राखिने सेतो कपडालाई माईक्रो फाईबर भनिन्छ। त्यसले रगतलाई सोस्ने मात्र होईन छिटो सुक्ने पनि हुन्छ। माथिल्लो भागमा राखिने लेमिनेट कटन कपडाले सोस्ने तर हावा वारपार हुने काम गर्छ। जसले गर्दा संमक्रमण हुने, चिलाउने समस्या हुन नदिने उनि दावी गर्छिन्।

एकपटक आफ्नो उत्पादन प्रयोग गरेका महिलाहरुले अर्को प्याड प्रयोग नै नगर्ने उनि दावी गर्छिन्। विगत चारवर्षदेखि नै यहि प्याड प्रयोग गर्दै आएकी तिलोत्तमा १ शंकरनगरकी संगिता अर्याल यसको प्रयोग आरामदायी मात्र होईन, बाहिर चुहिन्छ की भन्ने तनावबाट समेत मुक्त बनाउने बताउँछिन्। ‘मैले चारवर्ष भयो यहि प्याड प्रयोग गर्छु, धेरै सहज भएको छ,’ संगिता भन्छिन्।

उत्पादन गरेको छोटो समयमै महिलाहरुबाट राम्रो प्रतिकृया आउन थालेपछि उत्साह थपेको उनिहरु बताउँछन्। एकसयको प्याड किनेर एक महिनालाई पु¥याउँदै आएका महिलाहरुलाई एकैपटक महँगो प्याड किनेर प्रयोग गर्ने बानी बसाल्नु मुख्य चुनौती रहेको अन्जुको भनाई छ।

महिनावारी भएको पहिलो र दोश्रो दिनको लागि केहि ठूला साईजका दुईवटा प्याड राखिएका छन् भने तेश्रो चौथो र पाँचौ दिनलाई मध्यम आकारमा तिनवटा प्याड राखिएका छन्। पाँचवटा प्याड र प्याड राख्न प्रयोग गरिने सानो व्याग सहितको किटलाई कपडाको प्रकार र गुणस्तर अनुसार ११ सयदेखि २५ सय रुपैयाँ मूल्य तय गरेका छन्।

यसरी एउटा किटमा रहेका ५ पिस प्याडले तिनवर्ष सम्म प्रयोग गर्न सकिने अन्जुको दावी छ। ‘१ सय रुपैयाँभित्रै बजारमा पाइने डिस्पोजेल प्याड प्रयोग गर्ने बानि भएकाहरुलाई शुरुमा एकैपटक धेरै मूल्य तिर्नुपर्दा महँगो लाग्नु स्वभाविक हो तर, एकपटक किनेपछि ३ वर्षसम्म प्रयोग गर्न सकिन्छ, जतन गरेर राख्न सके त त्यो भन्दा पछि सम्म पनि चल्न सक्छ,’ अन्जु भन्छिन्।

उत्पादन शुरु गर्दा डिस्पोजेल प्याडको सहज पहुँचमा रहेका बजार क्षेत्रका महिला भन्दा ग्रामिण क्षेत्रका महिलाहरुको माग धेरै होला भन्ने सोंचेकी अन्जु ग्रामिण क्षेत्रका भन्दा बजारका महिलाहरुले धेरै प्रयोग गर्न थालेको बताउँछिन्। ‘प्रयोग गर्ने धेरैजसो महिलाहरु पढालेखा, जागिरे आफ्नो स्वास्थ्यप्रति सजग रहेको पाउने गरेका छौं, धेरैले डिस्पोजेबल प्याडको विकल्प खोज्नुभएको रहेछ भन्ने बुझेका छौं।’ उनि भन्छिन्।

हाल दैनिक ५ सय पिस प्याड उत्पादन गर्ने अन्जु बजारको माग बढ्दै जाँदा उत्पादन पनि बढाउने सोंचमा छन्। उनले अन्जु सेनेटरी प्याडको नामबाट घरेलु उद्योगमा दर्ता गरि उत्पादन गरिएका प्याडहरु मेडिकल पसलहरुमा दिने योजनामा रहेको बताईन्। ‘त्यसको लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृती लिनुपर्ने भएकोले केहि ढिलाई भएको छ, सबै कागजपत्र तयार गरेर स्वीकृतीको प्रकृया अगाडी बढाएका छौं त्यसपछि उत्पादन पनि स्वतः बढाउनुपर्छ।’

आफैले कपडा काट्ने र सिलाउने गरेपनि बजारीकरणका लागि भने उनलाई श्रीमान प्रकाशले सघाउँदै आएका छन्। १४ वर्ष रोजगारीको लागि साउदी बसेका प्रकाश अन्जुले प्याड उत्पादन शुरु गरेपछि विदेश छोडेर दुईवर्षदेखि यसैको बजारीकरणमा लागेका छन्।

उद्योगको लागि संरचना निर्माण, मेसिन, कपडा लगायतका कच्चा पदार्थ खरिद समेतमा गरि शुरुवातमै २५ लाख हाराहारी लगानी गरेका उनिहरुले हालसम्म ३० हजार भन्दा बढि पिस प्याड बजारमा विक्रि गरेको बताउँछन्। गतवर्षदेखि भने उनिहरु रुपन्देहीमा आयोजना हुने व्यापार मेलाहरुमा स्टल राखेर प्रचारप्रसार सँगै विक्री वितरण समेत गर्दै आएका छन्।

प्याडबारे जानकारी लिन र किन्न आउनेहरुलाई उनि संकोच नमानी प्रयोग गर्ने तरिकाबारे जानकारी दिएर मात्र पठाउने गर्छिन्। प्रयोग गर्नुअघि राम्रोसँग साबुन पानीले धोएर घाममा सुकाएर मात्र प्रयोग गर्न अन्जु सुझाव दिन्छिन्।

नेपालमा वार्षिक रुपमा अर्वौ रकमको सेनिटरी प्याड आयात हुने गरेको छ। विशेषगरी शहरी क्षेत्रका महिलाहरुले बजारमा पाइने सेनिटरी प्याड खरिद गर्ने गरेका छन्। बजारमा पाइने सेनिटरी प्याडमा विभिन्न केमिकल हुने भएकाले महिलाहरुमा एलर्जी हुने समस्या समेत देखिन्छ। यस्तो समस्याको समाधानको लागि कपडाको प्याड नै उत्तम विकल्प भएको अन्जुको दावी छ।

समयचक्र बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित