रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी शृजनानगरको भाडाको कोठामा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने ‘कम्पनी’मा प्रहरीको छापा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित देवस्थल मन्दिरमा २१ लाखको लागतमा होवनशाला स्थापना बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन
समाचार :

 रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलको दशौँ पद हस्तान्तरण तथा नेतृत्व परिवर्तन कार्यक्रम मंगलबार सम्पन्न भएको छ। रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिस्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वर्ष २०२५/२६ की अध्यक्ष उमा आचार्यले वर्ष २०२६/२७ की अध्यक्ष माया देवी भट्टराईलाई नेतृत्व हस्तान्तरण गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले रोटरी क्लब अफ तिनाउ बुटवलले रोटरीको उद्देश्य र मूल्यअनुरूप सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताए। आगामी दिनमा पनि यस्तै प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्न उनले शुभकामना व्यक्त गरे। नेपालमा हाल १६३ वटा रोटरी क्लब रहेको उल्लेख गर्दै उनले महिलाको नेतृत्वमा सञ्चालन भइरहेका पाँचवटा क्लबमध्ये तिनाउ बुटवल पनि उत्कृष्ट रूपमा अघि बढिरहेको बताए।

डिस्ट्रिक्ट सचिव लक्ष्मण ज्ञवालीले क्लबले आफ्नो पहिचान कायम राख्दै समाज सेवाका कार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए। तिनाउ बुटवलले सञ्चालन गरेका सामाजिक कार्यक्रम अनुकरणीय रहेको उनको भनाइ थियो।

क्लबका एड्भाइजर तथा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले छोटो समयमै तिनाउ बुटवलले रोटरी वृत्तमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै त्यसलाई अझ मजबुत बनाउन योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिए। उनले क्लबका पूर्व अध्यक्षहरूको सक्रिय सहयोग र मार्गदर्शनले संस्थालाई अझ सशक्त बनाउने बताए।

कार्यक्रममा वर्ष २०२५/२६ का असाइन्ड असिस्टेन्ट गभर्नर दिनेशमणि सुवेदी र वर्ष २०२६/२७ का असाइन्ड असिस्टेन्ट गभर्नर इन्जिनियर दुजेन्द्र बस्नेतले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा पछाडि परेका समुदायको उत्थानमा केन्द्रित कार्यक्रम सञ्चालन गर्न क्लबलाई आग्रह गरे। समाज रूपान्तरणमा रोटरीको भूमिका महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो।

निवर्तमान अध्यक्ष उमा आचार्यले आफ्नो कार्यकालमा सम्पन्न भएका कार्यक्रमहरू सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अधुरा रहेका योजनालाई नयाँ नेतृत्वले पूर्णता दिने विश्वास व्यक्त गरिन्। उनले गत वर्ष एकल महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले मखमली जुत्ता बनाउने तालिम सञ्चालन गरिएको जानकारी दिइन्।

कार्यक्रममा विपन्न परिवारका तीन जना छात्रालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष माया देवी भट्टराईले वृक्षरोपण, स्वास्थ्य सचेतना, महिला सशक्तीकरण तथा रोटरीका मूल्यमान्यताअनुसार सामाजिक सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्। उनले ‘छोरी शिक्षा’ कार्यक्रमअन्तर्गत विपन्न परिवारका छात्रालाई छात्रवृत्ति वितरणलाई निरन्तरता दिइने बताइन्।

कार्यक्रममा क्लबका संस्थापक देवी वाग्ले, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका वर्ष २०२६/२७ का अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्षहरू कल्पना तिवारी र रमिला शर्मा, वर्ष २०२५/२६ की सचिव सविता निरौला, प्रेसिडेन्ट इलेक्ट समा प्रविन, वर्ष २०२६/२७ की सचिव रमा क्षेत्री तथा रोट्र्याक्ट क्लब अफ तिनाउकी अध्यक्ष सिर्जना भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित