मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रुपन्देही उद्योग संघले बुटवलमा पुस ३ गतेदेखि औद्योगिक प्रदर्शनी तथा व्यापार मेला गर्ने

बुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ । संघले यसअघि बुटवलका संघसंस्थाहरुबीच मेला संचालन सम्बन्धमा गरिएको समझदारीअनुसार प्रदर्शनीका लागि शनिबार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको छ । यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिबार औपचारिक रुपमा बुटवल रामनगरस्थित प्रदर्शनी गेटमा बोर्ड गाडेर यसको सुरुवात गरेको जनाएको छ ।

प्रदर्शनी गेट परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघले ४ दशकअघिबाट सुरुवात गरेको औद्योगिक प्रदर्शनी ब्राण्ड बनेको उल्लेख गर्दै यसअघि ०७८ सालमा यस क्षेत्रका व्यवसायिक संस्थाहरुबीच बसेर बुटवल उपमहानगरमा गरेको समझदारीअनुसार अघि बढेको जनाए । ‘औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले ब्राण्ड गरेको इतिहास लुकेको छैन, हामीले हरेक वर्ष आफैले यो गर्ने भनेका पनि छैनौं, पूर्ववत समझदारीअनुसार पुसको प्रदर्शनी गर्ने पालो संघको हो, तत्काली समझदारीकर्ताले यो विषय हेरे प्रष्ट हुन्छ, तत्कालीन जनप्रतिनिधिसमेतको रोहबरमा गरिएको समझदारीअनुसार हामीले यसको प्रकृया अघि बढाएका हौं’ उनले भने ।

उनका अनुसार ०७८ पुस १ गते तत्कालीन नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बैठक बसेर रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनको नेतृत्वबीच बसेर समझदारी गरिएको हो । त्यो समझदारीमा तत्कालीन अवस्थाका रुपन्देही उद्योग संघबाट माधव पौडेल, उद्योग वाणिज्य संघबाट अध्यक्ष उज्ववल कसजु, व्यापार संघबाट अध्यक्ष यमलाल लोहोनी, उद्योग व्यपार संघबाट अध्यक्ष गोविन्द गैरेसहितले हस्ताक्षर गरेका छन् । त्यसमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघले औद्योगिक प्रदर्शनी पालैपाले गर्ने समझदारीसहितको निर्णय गरिएको दावी रुपन्देही उद्योग संघले पेश गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित