३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रुपन्देही उद्योग संघले बुटवलमा पुस ३ गतेदेखि औद्योगिक प्रदर्शनी तथा व्यापार मेला गर्ने

बुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ । संघले यसअघि बुटवलका संघसंस्थाहरुबीच मेला संचालन सम्बन्धमा गरिएको समझदारीअनुसार प्रदर्शनीका लागि शनिबार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको छ । यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिबार औपचारिक रुपमा बुटवल रामनगरस्थित प्रदर्शनी गेटमा बोर्ड गाडेर यसको सुरुवात गरेको जनाएको छ ।

प्रदर्शनी गेट परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघले ४ दशकअघिबाट सुरुवात गरेको औद्योगिक प्रदर्शनी ब्राण्ड बनेको उल्लेख गर्दै यसअघि ०७८ सालमा यस क्षेत्रका व्यवसायिक संस्थाहरुबीच बसेर बुटवल उपमहानगरमा गरेको समझदारीअनुसार अघि बढेको जनाए । ‘औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले ब्राण्ड गरेको इतिहास लुकेको छैन, हामीले हरेक वर्ष आफैले यो गर्ने भनेका पनि छैनौं, पूर्ववत समझदारीअनुसार पुसको प्रदर्शनी गर्ने पालो संघको हो, तत्काली समझदारीकर्ताले यो विषय हेरे प्रष्ट हुन्छ, तत्कालीन जनप्रतिनिधिसमेतको रोहबरमा गरिएको समझदारीअनुसार हामीले यसको प्रकृया अघि बढाएका हौं’ उनले भने ।

उनका अनुसार ०७८ पुस १ गते तत्कालीन नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बैठक बसेर रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनको नेतृत्वबीच बसेर समझदारी गरिएको हो । त्यो समझदारीमा तत्कालीन अवस्थाका रुपन्देही उद्योग संघबाट माधव पौडेल, उद्योग वाणिज्य संघबाट अध्यक्ष उज्ववल कसजु, व्यापार संघबाट अध्यक्ष यमलाल लोहोनी, उद्योग व्यपार संघबाट अध्यक्ष गोविन्द गैरेसहितले हस्ताक्षर गरेका छन् । त्यसमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघले औद्योगिक प्रदर्शनी पालैपाले गर्ने समझदारीसहितको निर्णय गरिएको दावी रुपन्देही उद्योग संघले पेश गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित