लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सुनचाँदी व्यवसायहरु पसल बन्द गरि आन्दोलनमा

सरकारले सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचादी व्यवसायीहरुले शुक्रवार बुटवलमा वृह्त मोटरसाइकल ¥याली तथा विरोध सभा गरेका छन् ।

बुटवल सुनचादी व्यवसायी संघ, बुटवलको आवहानमा विपीचोकबाट सुरु भएको मोटरसाइकल ¥याली ट्राफिकचोक, अस्पताललाइन, दिपनगर, राजमार्ग चौराहा, योगीकुटी, सेमलार, वेलवास हुदै ट्राफिकचोकमा आएर समापन भएको थियो ।

विरोधसभामा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दिपक कुमार विक र चेतनारायण विक, सुनचादी कालिगड संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जित मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गकुल विश्वकर्मा, स्वागत उपाध्यक्ष कृष्ण सुनार तथा सञ्चालन चुरामणी विकले गरेका थिए ।
सरकारले आ.व. २०८२÷०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले सिधै उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचादी व्यवसायलाई धाराशाही बनाउने भन्दै सुनचादी व्यवसायी चरणबद्ध आन्दोलनलाई उत्रेका छन् ।

चरणबद्ध आन्दोलनका क्रममा व्यवसायीहरुले पसल बन्द गरेका छन् ।

नेपाल सुनचादी व्यवसायी महासंघ तथा नेपाल सुनचादी रत्न तथा आभुषण महासंघको संयुक्त आवहानमा सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा विरुद्ध चरणबद्ध आन्दोलन गरिएको संघका अध्यक्ष गकुल विश्वकर्माले बताए ।

व्यवसायीहरुले सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भैरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनि विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट लगाउदा त्यसले प्रत्यक्ष रुपमा उपभोक्ता मुल्य चर्को हुने बताएका छन् ।

त्यसबाट व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने स्थिती सिर्जना हुने दावी गरेका छन् । त्यसैगरि छिमेकि भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दर तथा अन्य करमा एकरुपमा नहुदाँ मूल्यमा भिन्नता आउने र नेपाली उपभोक्ताहरु सिमानाका बजारहरुमा सुनका गरगहना किन्न जाने अवस्था सिर्जना हुने उनीहरुको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित