मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

कुषाणकालिन प्राचिन इनारको उद्धार उत्खनन गर्दै लुम्बिनी विकास कोष

लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालिन माटोद्धारा निर्मित इनारको उद्धार उत्खनन गर्ने भएको छ ।
कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिन स्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालिन माटोको इनारलाई उद्धार उत्खनन गर्ने भएको हो ।
रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा न. १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचिन इनार, कुवा, माटाका भाडाहरु बगाउन थालेको भन्दै स्थनीयहरुले खबर गरेका थिए ।
लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरेपनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरु भेटिएकाले स्थलगत रुपमा निरीक्षण गरेको सदस्य सचिव सानुराजा शाक्यले बताए ।
उनले दानव नदीको कटानले इनार (रिंग) हरु बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको कनिारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरि लुम्बिनी संग्रालयमा लैजाने तयारीमा जुटेको बताए ।
‘नदीको कटानले प्राचिन समयका महत्वपूर्ण इनार, माटाका भाडाहरु बगाएर भारत लगेको देखिन्छ, यसको संरक्षणका लागि कोष एक्लेले केही गर्न सक्दैन’ उनले भने –‘यसका लागि स्थानीय, प्रदेश र पुरातात्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।’
सदस्य सचिव शाक्यले  लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भए अनुसारकै प्राचिन बस्ती रहेको अनुमान गर्न सकिने बताए ।
स्थलगत निरीक्षणपछि कोषका पुरातात्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा बर्षेनी  पुरातात्विक इनार र अन्य महत्वपूर्ण बस्तुहरु बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।
 उनले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन गरि संग्रालयमा सुरक्षित गर्ने तयारी गरेको बताए । ‘प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, तर बाढीले बगाइरहेको छ, यहाँ रहेको इनारलाई यो पटक उद्धार उत्खनन गर्छौ’ उप्रेतीले भने ।
पुरातात्विक हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताउँदै भारतका पुरातात्वविद प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धीष्ट साईटको उत्तरापथमा पर्ने व्यापरिक क्षेत्रका रुपमा व्याख्खा गरेको उनले बताए । उनले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आर्कषित गर्न सकिने बताए ।
भारतका प्रख्यात पुरातात्वविद एसबी देवले बन्जरही र पैसियामा उत्खनन गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरी लगायतका सामग्री  भेट्टाएका थिए ।
निपनियामा अहिले यी सामाग्रीहरु दानव नदीको बाढीसँगै बग्दै आएका छन् ।
कोषले स्थलगत रुपमा गरेको निरीक्षणमा सदस्य सचिव सानुराजा शाक्य, पुरातात्व महाशाखा प्रमुख हिमाल कुमार उप्रेती, कार्यकारीणी सदस्य राजेश शाक्य, प्रेस कन्सल्ट्यान्ट विनोद परियार, कोषका कर्मचारीहरु नवराज अधिकारी, भोला प्रसाद गुप्ता र चन्द्रप्रकाश पाठक गएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित