सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ?                
समाचार :

सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु

बुटवल । श्री सशक्त बचत तथा सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना (कार्यक्रम) सुरु गरेको छ । सहकारी क्षेत्रमै नयाँ अभ्यासका रूपमा हेरिएको यस योजनामा २० बर्ष देखि ६० बर्ष सम्मको शेयर सदस्य सहभागि हुन पाउँछन् ।

सोमबार सहकारीले एक कार्यक्रमको आयोजना गरी पहिलो पटक ६० वर्षीय सदस्य रामप्रसाद न्यौपानेलाई मासिक १ हजार रुपैयाँका दरले पेन्सन प्रदान गर्दै यो योजना सुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष महेशप्रसाद पोखरेलले सामाजिक सुरक्षा सँग जोड्ने उद्देश्यले पेन्सन योजना सुरु गरेको बताउनुभयो ।

सहकारीले कार्यविधिनै बनाएर १ देखि ५ हजार सम्म पेन्सन दिन सक्ने योजना बनाएका छन् । पेन्सन बचत संकलनमा १ लाख २६ हजार ५ सय जम्मा भएकाले मासिक १ हजार, २ लाख ५३ हजार संकलन गर्नेलाई २ हजार, ३ लाख ७९ हजार ५ सय संकलन गर्नेलाई ३ हजार, ५ लाख ६ हजार संकलन गर्नेलाई ४ हजार र ६ लाख ३२ हजार ५ स य संकलनगर्नेलाई मासिक ५ हजार रुपैया पेन्सन दिने अध्यक्ष पोखरेलले बताउनुभयो । संकलित रकम पेन्सन प्राप्त गर्दा कम भने नहुने उहांको भनाई छ ।

‘सदस्यहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम ल्याइएको हो’ अध्यक्ष पोखरेलले भन्नुभयो ।
सोही कार्यक्रममा कार्यालय व्यवस्थापन तथा लेखासम्बन्धी तालिमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ईश्वर चन्द्र भट्टराईले गर्नुभएको थियो भने सञ्चालन सचिव जीवलाल पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा, सल्लाहकार एवं पूर्व अध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थापक अध्यक्ष प्रकाश खनाल, संस्थापक सदस्य कृष्ण प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै राष्ट्रिय सहकारी बैंकका कार्यालय प्रमुख नारायण बेल्बासेले सहकारी व्यवस्थापन र लेखासम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

हाल १९ करोड रुपैयाँ कुल पूँजी रहेको उक्त सहकारीमा ९ सयभन्दा बढी सदस्य आबद्ध छन । सहकारीले आगामी दिनमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित