बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड

बुटवल । बुटवल पब्लिक स्कुलले आगामी शैक्षिक सत्र २०८३ को कार्ययोजना सार्वजनिक गरेको छ । तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी शिक्षक र अभिभावक सामु विद्यालयले आउँदो शैक्षिक सत्रमा अवलम्बन गर्ने शिक्षण–सिकाइ क्रियाकलापबारे विस्तृत योजना प्रस्तुत गरेको हो । उक्त कार्यक्रमको तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै आचार्यले बुटवल पब्लिक स्कुलले शिक्षण गतिविधिमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै नयाँ योजना विद्यार्थीकेन्द्रित र समयसापेक्ष भएको बताए । विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माले प्रस्तुत गरिएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि अभिभावकको समेत महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

विद्यालयले सार्वजनिक गरेको योजनाअनुसार आगामी सत्रमा ‘रिसर्च एन्ड रिपोर्ट–बेस्ड लर्निङ’लाई विशेष प्राथमिकता दिइएको संस्थापक अध्यक्ष शर्माको भनाई छ । यसअन्तर्गत विद्यार्थीलाई विभिन्न विषयमा अनुसन्धान गर्न प्रोत्साहित गरिनेछ र प्रत्येक सत्रमा परियोजना प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिने उनले बताए ।

साथै, अध्ययनलाई व्यवहारिक बनाउने उद्देश्यले नियमित रूपमा शैक्षिक भ्रमण तथा फिल्ड भिजिटको आयोजना गरिनेछ, जहाँ विद्यार्थीले प्रत्यक्ष अवलोकन, तथ्यांक संकलन र त्यसको आधारमा प्रतिवेदन तयार गर्ने अवसर पाउनेछन । यस प्रक्रियाले विद्यार्थीमा विश्लेषणात्मक क्षमता, व्यवहारिक बुझाइ र प्रभावकारी दस्तावेजीकरण सीप विकास हुने विद्यालयको विश्वास छ ।

त्यसैगरी विद्यालयका सह प्राचार्य रामचन्द्र पौडेलले ‘नयाँ शैक्षिक अभ्यासहरूको सुदृढीकरण’ अन्तर्गत गतिविधिमा आधारित शिक्षण, प्रयोगशाला केन्द्रित कक्षा, परियोजना आधारित अध्ययन, शैक्षिक भ्रमण, विद्यार्थी प्रस्तुतीकरण तथा अन्तर–हाउस शैक्षिक प्रतिस्पर्धाहरू सञ्चालन गरिने बताए । यी कार्यक्रमहरूले विद्यार्र्थीलाई कक्षाकोठाभित्र सीमित नराखी सिर्जनात्मक र सक्रिय सहभागितामा जोड दिने लक्ष्य राखिएको उनको भनाई छ ।

स्कुलकी निर्देशक मिरा शर्माका अनुसार विद्यालयले ‘स्ट्राटेजिक भिजन २०८३’ अन्तर्गत नतिजा सुधारका रणनीति, सुदृढ शैक्षिक अनुगमन, थप व्यवहारिक शिक्षण, प्रविधिको एकीकरण तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीलाई प्राथमिकतामा राखेको छ । साथै, अभिभावक–विद्यालय समन्वयलाई मजबुत बनाउने र हस्तलेखनलाई समेत विशेष महत्व दिँदै उत्कृष्टताको मापदण्ड तय गरिने योजना रहेको उनले बताईन ।

यस नयाँ कार्ययोजनाले विद्यार्थीलाई गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्ने विश्वास विद्यालयले लिइएको छ । कार्यक्रममा कक्षा नर्सरी देखि १० सम्मका शिक्षकहरुले शिक्षण सिकाई बारे प्रस्तुती दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित