४ अर्ब ५० करोड लगानीमा बनेको एडभान्स इन्टरनेशनल हस्पिटल बैशाख १ गतेबाट सञ्चालनमा आउने  कर्मले चिनिएका ‘चुन्न’ अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री                
समाचार :

४ अर्ब ५० करोड लगानीमा बनेको एडभान्स इन्टरनेशनल हस्पिटल बैशाख १ गतेबाट सञ्चालनमा आउने 

सिद्धार्थ नगरपालिका—८, अन्नपूर्ण टोलमा निर्माणाधीन २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. बैशाख १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

अस्पतालको भवन तयार भइसकेको छ भने चिकित्सक तथा कर्मचारीको नियुक्ति पनि पूरा भइसकेको अस्पताल ब्यबस्थापनले जनाएको छ । अस्पतालमा ४ अर्ब ५० करोड रुपैयाँ लागतमा सात तलाको अत्याधुनिक भवनमा सेवा निमार्ण गरिएको छ।

हस्पिटलमा न्यूरोलोजी, कार्डियोलोजी, अर्थोपेडिक्स, अब्स-गाइनोकोलोजी लगायतका विशेषज्ञ सेवा उपलब्ध हुनेछ। रेडियोलोजी, प्याथोलोजी, अल्ट्रासाउण्ड, इसिजी, इको कार्डियोग्राफी, इण्डोस्कोपी, ब्रोंन्कोस्कोपी, कोलोनोस्कोपी जस्ता अत्याधुनिक परीक्षण तथा उपचार सुविधा पनि उपलब्ध गराइने अस्पतालका अध्यक्ष कमल भण्डारीले बताउनु भयो।

उहाले भन्नु भयो, “हामीले भदौं महिनादेखि सञ्चालन गर्ने योजना बनाएका थियौं, तर बिबिध कारणले औपचारिक सञ्चालन झण्डै ७ महिना पछि धकेलियो। अब बैशाख १ गतेदेखि सेवा सुरु गर्ने तयारी रहेको छ भन्डारीले भन्नु भयो ।

अस्पतालमा युवा व्यवसायी सुरज उप्रेतीको ५० प्रतिशत र अध्यक्ष भण्डारीको ५० प्रतिशत शेयर स्वामित्व छ। अध्यक्ष भण्डारीले भन्नु भयोे, “स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएर नेपालीलाई विदेश जानुपर्ने बाध्यता घटाउने हाम्रो लक्ष्य हो।”

हस्पिटलमा हेलीप्याडसहित उच्च प्रविधिका उपकरण राखिएको छ, जसले दक्षिण एसियाका प्रतिष्ठित देशहरू जस्तै फिलिपिन्समा प्रयोग हुने न्युरो तथा कार्डियोलोजिकल उपकरणमार्फत उपचार सेवा प्रदान तयारी भैरहेको भन्डारीको भनाई छ ।

अस्पतालको निर्माणाधीन भवन १ विगाहा १४ कठ्ठा क्षेत्रमा फैलिएको छ। अस्पतालले मुख्यतः अब्स÷गाइनोकोलोजी, न्यूरोलोजी, कार्डियोलोजी, अर्थोपेडिक्स लगायतका क्षेत्रमा केन्द्रीत सेवा प्रवाह गर्नेछ। साथै, अन्तरंग र बहिरंगका सबै विशेषज्ञ सेवा पनि उपलब्ध हुने उहाको भनाई छ ।

भवन तथा पूर्वाधारको काम सकिएसँगै अस्पतालले जनशक्ति व्यवस्थापन र इन्टेरियरको काम पूरा गर्दैछ। कर्मचारीका लागि अस्पताल नजिकै १९ वटा अपार्टमेन्टको पनि व्यवस्था गरिएको छ।
अस्पतालका अध्यक्ष भण्डारीले भन्नु भयो, “उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्ने र नेपालको पैसा स्वदेशमै रोक्ने हाम्रो प्रयास हो। हामी अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय सेवा उपलब्ध गराउने छौं।”एडभान्सका सञ्चालकहरुसँग यसअघि नेपालगन्ज मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभव छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित