अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला                
समाचार :

बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना

बुटवल । बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले शुभकामना व्यक्त गर्दै समृद्ध, व्यवस्थित र नागरिकमैत्री शहर निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

नगर प्रमुख पाण्डेयले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उपमहानगरपालिकाले सुशासनको अनुभूति दिलाउने, व्यवसायिक क्षेत्रमा आशालाग्दो वातावरण सिर्जना गर्ने तथा शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र पर्यटनका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्ने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गरेका छन् ।

उनले बुटवललाई देशकै सबैभन्दा समृद्ध शहरका रूपमा विकास गर्न सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन् । “हामी सबै मिलेर सुशासनयुक्त, समृद्ध र अवसरयुक्त शहर निर्माण गर्न सक्छौँ,” उनले सन्देशमा उल्लेख गरेका छन् ।

नगर प्रमुख पाण्डेयले उपमहानगरपालिका सम्पूर्ण बुटवलवासीको साझा तथा अभिभावकीय संस्था भएको उल्लेख गर्दै नागरिकमा अपनत्वको भावना विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएका छन् । उपमहानगरपालिकाले नागरिकको विश्वास जित्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा निरन्तर काम गरिरहेको उनले बताएका छन् ।

स्थापना दिवसलाई ऐतिहासिक क्षणका रूपमा स्मरण गर्दै उनले सम्पूर्ण बुटवलवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । साथै आगामी दिनमा बुटवललाई आर्थिक, शैक्षिक, स्वास्थ्य, कृषि तथा पर्यटनका दृष्टिले नमूना शहर बनाउने अभियानमा सबैको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उनले जोड दिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित