रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना                
समाचार :

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष गोकर्णबिष्ट अहिले गाउँ-गाउँमा मतदाता भेटघाटमा व्यस्त छन् । उनी मुसिकोट र मालिकाको घरदैलो सकेर मदाने छिरेका छन् ।

उनी पार्टी कमिटीको कार्यतालिका अनुसार निर्धारित घरदैलोमा युवा, बृद्ध, महिला र जेष्ठ नागरिकहरुको उर्जा तथा खुसीमा मात्रै रमाएका छैनन् । बिष्टले पछिल्लो परिस्थीति र स्वयमकाप्रति उठाइएका प्रश्नहरुसँग साक्षात्कार पनि गरिरहेका छन् । उनले नयाँ नभएर नतिजामा मतदाताहरु कन्भिन्स गरिरहेका छन् ।

निरन्तर एउटै व्यक्ति मात्रै उमेद्वार बन्ने गरेको भन्ने प्रतिपक्षहरुको फण्डालाई मतदाताकै माया र आर्शिवादको रुपमा अर्थाउँदै आगामी योजनाहरु प्रस्तुत गरिरहेका छन् । अहिले पनि मतदाताले स्तरीय सडक र खानेपानीको मागनै सवैभन्दा बढि गर्ने गरेका छन् ।

उनले बिगतमा मतदाता भेट्दा टुकी बालेर वैठक गर्नुपर्ने अवस्थाको स्मरण गर्दै बिद्युत, सडक, पुल, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा भएको परिवर्तनको पहिलो पहलकर्ता आफुलाई आवश्यकताको माग र महसुस गराउने मतदाता भएको बताए । उनले शिक्षा, स्वास्थ्यको गुणस्तरियतासंगै कृषि र पशुपालन मार्फत आर्थिक समृद्धिको आधार सृजना गर्ने कुरानै अवको प्रमुख बिषय भएको बताए ।

उनी २०५६ सालको निर्वाचनदेखि अहिलेसम्म चुनावी मैदानमा थिए । बिष्ट २०६४ बाहेका सबै निर्वाचनमा बिजयी हुँदै आएका छन । बिष्टले सांसद र मन्त्री हुँदा राष्ट्रिय रुपमा श्रम, रोजगार तथा उर्जासहित निर्वाचन क्षेत्रमा गरेका काम उल्लेख्नीय छन् । विगतका मतदाताका मागका आधारमा सडक, खानेपानी, बिद्युतीकरण, खरका छाना बिस्थापन, बिद्यालय तथा स्वास्थ्यचौकी र अस्पताल भवन निर्माण ठूलो फड्को मारेकाले बाँकी अधुरा योजना र आगामी आर्थिक सामाजिक विकासको लागि बिष्टले मत मागिरहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित