रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

तस्बिर : आशा, खुशी र गुनासा पोख्दै मुसिकोट नगरपालिका-रङनामका कृष्ण गिरी ।

गोकर्ण बिष्ट एमाले उपाध्यक्ष हुन् । विकासप्रेमी नेताको छवि बनाएका बिष्टको मिठो मुस्कान र सरल स्वभावले मतदाता नजिक बन्छन्, लागेको कुरा मनैले भन्छन् । निकै रिसाएर बसेका मतदाता पनि उनलाई देखेपछि क्षणभरमै हौसिन्छन् ।

पालिका स्तरीय घरदैलो अभियानको अन्तिमतिर सोमबार मुसिकाुेट नगरपालिका-१ को रंगनाम पुगेका बिष्टलाई कृष्ण गिरीले निकै भावुक र गम्भिर तरिकाले गोकर्ण बिष्टले आफ्नो टोलमा आजसम्म गरेका कामको प्रसंसा पनि खुरेलै गरे । गाउँका विकास निर्माणका समस्या र अनुभूत पीडा पनि गिरीले खुवै शेयर गरे ।

इस्मा र मुसिकोटको सिमानाको रंगनाम भौगोलिक हिसावले विकट छ । त्यसैले गाउँ छोडेर जानेहरु पनि धेरै छन् । तर, मनमा गाउँकै रहर बोकेर बसेकाहरुको आशा आफ्ना उमेद्वारसंग संस्कारसहित पोखिनु उदाहरणीय थियो । सोही क्रममा गिरीले मनमा गोकर्ण बिष्टको तस्विर रहेको भावुक अभिव्यक्ति दिए ।

गाउँभर विभिन्न हल्ला चलेपनि अहिलेसम्म भोट कतै नदिएको बताउदै बुबाआमाको जस्तै गोकर्ण जी को तस्विर मनमुटुमा भएकाले आक्रोश र खुसी उहाँलाईनै सुनाउँदै आएको गिरीले बताउनुभयो । गिरीकोमा भेला भएका मतदाताले बिष्टसंग गाउँका सडक, कृषि र बिपद् लगायतका समस्या राखेका थिए ।

जवाफमा बिष्टले बिगतमा लौरा टेकेर भोट माग्न आउने गाउँमा कम्तिमा गाडीका आउने अवस्था बनेकाले मुख्य सडक कालोपत्रेको चरणमा अघि बढेको, बिजुली, खानेपानी, अस्पताल, बिद्यालय, स्वास्थ्यचौकी र पुलहरुको निर्माणका थुप्रै कामहरु भएको बताए । भेटघाटपछि अझै पनि रंगनाममा धेरै काम गर्न बाँकी रहेको कुरा मनमनमा बिझेकाले आगामी दिनमा पुरा गरेर छोड्ने प्रतिवद्धता जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित