तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले लुम्बिनी प्रदेशका लागि उज्ज्वलप्रसाद कसजूलाई प्रदेश संयोजक नियुक्त गरेको छ । एनबीआईको वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार कसजूलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
एनबीआईका अध्यक्ष कुवेरमणी जोशीले कसजूलाई लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी दिनुभएको हो ।

नियुक्तिसंगै कसजूले लुम्बिनी प्रदेशमा एनबीआईका कार्यक्रम तथा अभियान विस्तार, स्थानीय व्यवसायिक संघ–संस्था, निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय, नीति तथा निर्देशन कार्यान्वयन तथा केन्द्रीय कार्यालयसँग नियमित समन्वय गर्ने जिम्मेवारी सम्हाल्नुहुनेछ ।

कसजू नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हुनुका साथै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
उहाँ सिद्धिविनायक फूड इण्डष्ट्रिजका अध्यक्षसमेत रहेनु भएको छ ।

व्यवसायिक क्षेत्रमा लामो अनुभव र संस्थागत नेतृत्वको पृष्ठभूमि रहेर काम गर्नुभएका कसजूले प्राप्त गर्नुभएको भूमिकाले लुम्बिनी प्रदेशमा जिम्मेवार व्यवसायिक अभ्यास, दिगो आर्थिक विकास, संस्थागत सामाजिक उत्तरदायित्व र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने एनबीआईको विश्वास छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित