कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली

देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको  भेलाबाट  सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।

भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । भेलाबाट वडा प्रतिनीधीको रुपमा वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुन लाई पदेन सदस्यको रुपमा चयन  गरिएको छ ।

यस्तै सदस्यको रुपमा  यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टिका ओली चयन भएका हुन । नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहेका छन् । नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  निर्वाचित नित्यानन्द ज्ञवाली यो भन्दा पहिला विद्यालयको सफल नेतृत्व गरिसकेका अध्यक्ष हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित