बुटवल १२ नयाँगाउमा रहेको नयाँगाउँ माविले ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवस मनाएको छ।
वार्षिकोत्सबको अवसरमा भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माणहुन लागेको १२ कोठे भवनको शिलान्यास तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बनेको सभाहल तथा दुई कक्षाकोठा सहितको भवन उद्घाटन समेत गरिएको थियो। साढे ४ करोड रकम अर्थात कुल बजेटको ९० प्रतिशत रकम दूतावासबाट आएका थिए।
IMG_20260116_114745_1.jpg
सो अवसरमा बोल्ने बक्ताहरुले विद्यालय तिनाउ नदि पारिको एक अब्बल विद्यालय बन्दै गईरहेको बताएका थिए। बिस २०१९ मा स्थापना भएको यस बिधालयले पछिल्लो समय शिक्षा र नतिजाको गुणस्तर निकै राम्रो बनाएको भन्दै अब्बल बन्दै गईरहेको बताएका हुन ।
सो अवसरमा बोल्दौ बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले शिक्षामा २६ प्रतिशत लगानी गरेको बताए । उनले नियमित रुपमा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि आवस्यक कार्यहरु गर्दै आएको दाबी गरे।
यस विद्यालयको भवन बनाउनको लागि जग्गा भएपनी ६ पटक कार्यपालिका बसेर ४ पटक डेलिगेशन गएपछि मात्रै जग्गा प्राप्ती पश्चात् आज शिलान्यास हुन पुगेको बताए।
उनले बुटवलको मात्रै नभई लुम्बिनी प्रदेशकै अब्बल सामुदायिक विद्यालयको नाम आउदा नयाँगाउँ माविको नाम अग्रपंक्तिमै आउने अवस्था आएको बताए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले अहिले सम्म विद्यालयको सुधारका लागि कामहरु गर्दै आएको बताउदै आगामी दिनमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
भारतीय राजदुतका प्रथम सचिव सुमन शेखरले नेपाल र भारत मित्ररास्ट्र रहेको बताउदै सामाजिक उत्तरदायित्व अन्तरगत भवन निर्माणमा सहयोगी बनेको बताए। उनले यहामा शिक्षा क्षेत्रमा लगानी गरिरहेको सुनाए। उनले युवालाई उद्यमी बन्नको लागि सहकार्य गर्न तयार रहेको समेत बताए।
अर्घाखाँचीको शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेलले नयाँगाउँ माविको चर्चा अर्घाखाँची सम्म रहेको बताए।
बुटवल उपमहानगर उपप्रमुख साबित्रादेबी अर्यालले शिक्षाको क्षेत्रमा बुटवलले धेरै लगानी गर्दै आएको बताइन।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधार गरेको बताए।
विद्यालय ब्यवस्थापन समिती अध्यक्ष पुरुषोत्तम बस्यालले विद्यालयको स्तर सुधारमा निरन्तर लागिरहेको बताउदै नतिजा सुधार हुँदै अब्ब विद्यालय बनेको दाबी गरे। उनले गत एसईई निर्वाचनमा ४ जिपिए सहितको नतिजा ल्याएको जिकिर गरे।
माविका प्रध्यानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यालयका गतिविधि र भावी कार्ययोजनाको बारेमा बताएका थिए।
सो अवसरमा सहयोग गर्ने सहयोगदाता, उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक लगायतलाई सम्मान समेत गरिएको थियो।










