बुटवल । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देवीनगरको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले बुटवलका खानेपानी तथा सरसफाई संस्थाहरु नमूना बनेका बताए ।
उनले देवसिद्ध खानेपानी योजनाको कार्यप्रगति अग्रणी कार्यको प्रशंसा समेत व्यक्त गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले खानेपानी संस्थालाई आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताइन । कार्यक्रममा संस्थाका अध्यक्ष भरत पाठकले खानेपानी महशुललाई थप व्यवस्थित र सर्वसुलभ बनाउने नीति लिएको बताए । उनले आगामी १ वर्षभित्र प्रेसर फिल्टर जडान सबै उपभोक्तालाई शुद्ध पिउने पानी वितरण गरिने बताए ।
कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले खानेपानीको संरक्षण र सम्बद्र्धन गर्नु सबैको कतव्य रहेको बताए । सो अवसरमा खानेपानी महासंघका केन्द्रीय सदस्य धु्रव धिताल, शिक्षाप्रेमी टुकबहादुर क्षेत्री, संस्थाका सल्लालहकार सुरज भटटराई लगायतले बोलेका थिए ।
कार्यक्रममा अवसरमा ७५ वर्ष पूरा गरेको १५ जना उपभोक्ता सदस्य, ८० वर्ष पूरा भएका उपभोक्ता परिवारका सदस्य र शताब्दी पुरुष पिताम्बर न्यौपानेलाई सम्मान गरिएको थियो ।
त्यस्तै आफ्नो घर तथा परिसरमा सरसफाई गरी सौन्दर्यकरणमा योगदान पु¥याउने पूर्व सिद्धनगर टोल विकास संस्थाबाट मणिमुकुन्द मावि, पश्चिम सिद्धनगरबाट विकास जिसी, तल्लो देवीनगरबाट दुर्गाबहादुर खत्री र भावनी टोल विकास संस्थाबाट बाशुदेव पौडेल र पत्रकारिताको माध्यामबाट योगदान पु¥याउने कृष्ण मल्ललाई सम्मान गरिएको संस्थाका सचिव लोकराज शर्माले जानकारी दिए । संस्थाका उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










