तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

जालझेल गरेर भुमाफियाले जग्गा विक्री गरिएको भन्दै न्याय दिन आग्रह

रुपन्देहीको तिलोत्तमामा एक परिवारले भुमाफियाले जालझेल गरेर करोडौँ रुपया जग्गा आफ्नो नाममा गराएको गुनासो गरेका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड १४ सुपौलि बस्ने पूर्णबहादुर श्रेत्रीको परिवारले सोही वार्डमा रहेको जग्गालाई भुमाभियाहरुले विभिन्न जालझेल गरेर आफ्नो नाममा गराएको गुनासो गरेका छन्।

आज बुटवलमा पत्रकार सम्मेलन गरी पीडित पूर्णबहादुर र उनकी श्रीमती सुनिताले गुनासो गरेका हुन्।उनीहरूले न्याय दिन सम्बन्धित सरकारी पक्षसँग आग्रह गरेका छन् ।

पूर्ण बहादुरले आफू अनपढ भएको फाइदा उठाउँदै तिलोत्तमा १४ रहेको चौध कट्टा स्रोह धुर जग्गालाई दिष्टीबन्धकको कागजमा गराए पनि झुक्काएर रजिस्ट्रेसन पास गरेको एक वर्ष पछि थाहा पाएको पत्रकार सम्मेलनमा बताए।
उनले जग्गा दिष्टीबन्धन गराउने तथा बैक तथा वित्तीय संस्थासँग मिलोमोतो गरेर आफूहरू माथि अन्याय रुपन्देहीको ओसशतिया वार्ड ३ बस्ने आकाश खान लगायतको समूहले गरेको गुनासो गरेका छन्।

उनले उक्त समूहले तिलोत्तमा रहेको अन्य जग्गाहरू विभिन्न जालझेल गरेर आफू र आफ्नो परिवारलाई थाहा नै नदिई जग्गा रजिष्ट्रन पास गरेको गुनासो गर्दे न्यानोको जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय ,विभिन्न राजनीतिक दल,मानव अधिकार आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निवेदन दिने तयारी गरेको बताए।उनले न्यायको सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित