बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

रोटरी क्लव अफ सेन्ट्रल बुटवल द्वारा मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण

बुटवल । रोटरी क्लव अफ सेन्ट्रल बुटवलले मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण गरेको छ । मृगौला तथा मुटु पिडित सरोकार समाज नेपालको कार्यालयमा क्लवले ३५ जनालाई व्लाङकेट वितरण गरेको हो ।

समाजका अध्यक्ष माधव प्रसाद श्रेष्ठको अध्यक्षता तथा क्लवका अध्यक्ष पूर्ण ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै क्लवका अध्यक्ष पूर्ण ज्ञवालीले समाजिक उत्तरदायित्व अनुसार मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण गरेको बताए । क्लवले शिक्षा, स्वास्थ्य, सरसफाई जस्ता सामाजिक कार्य गर्दै आएको बताउंदै स्वास्थ्य कार्यक्रम अन्तर्गत मृगौला तथा मुटु पिडितलाई व्लाङकेट वितरण गरिएको बताए ।

समाजका अध्यक्ष माधव प्रसाद श्रेष्ठले क्लवको सहयोग प्रति धन्यवाद ज्ञापन गरे । साथै उनले मृगौला डाइलासिस गरिरहेका विरामीहरुको उपचार सेवा वापत सरकारले मुटु अस्पताललाई भुक्तानी नदिएकाले सेवा रोक्ने खवर सुन्दा धेरै विरामीहरु संसकित भएको बताए।

उनले मृगौला डाइलासिस अस्पताल रोके धेरै विरामीहरु अप्ठयारोमा पर्ने बताउंदै अस्पतालको रकम भुक्तानी छिटो गर्न सरकारलाई माग समेत गरे । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष होमराज बस्याल, पेसिडेन्ट बावुराम बोहोरा, कोषाध्यक्ष डोलराज भण्डारी, सह सचिव युवराज आचार्य, समाजका संस्थापक अध्यक्ष रमेश केसी लगाएतले बोलेका थिए ।

कार्यक्रम समाजका सचिव गोकुल ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित