जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न

 

इन्फोडेभलपर्स प्रा.लि, अंकुर इन्फोटेक प्रा.लि तथा जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सहकारीका सञ्चालक, प्रबन्धक तथा कर्मचारीहरूलाई साईबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्व तथा प्रविधिको सुरक्षित प्रयोगबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रमेश आचार्यले अहिलेको प्रविधिमैत्री युगलाई आत्मसात गर्दै सहकारीहरू अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले कामलाई छरितो, पारदर्शी र मितव्ययी बनाउन प्रविधिले ठूलो सहजता प्रदान गरेको उल्लेख गर्दै, डिजिटल प्रणाली प्रयोग गर्दा साईबर सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै इन्फोडेभलपर्स प्रा.लिका सिईओ प्रजय नेपालले आजको परिवेशमा सहकारी क्षेत्रको डिजिटल रुपान्तरण अपरिहार्य रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको लक्ष्यअनुसार सहकारी गतिविधिहरू पूर्ण डिजिटल प्रणालीतर्फ अगाडि बढ्नु अत्यावश्यक रहेको उहाँको भनाइ थियो। केवल प्रविधि प्रयोग गर्नु मात्रै पर्याप्त नहुने भन्दै उहाँले डाटाको सुरक्षा, डिजिटल सचेतना तथा जिम्मेवार प्रयोगबिना डिजिटल रुपान्तरण सम्भव नहुने स्पष्ट पार्नुभयो।

२४ वर्षदेखि डिजिटल क्षेत्रमा निरन्तर अग्रसर रहँदै आएको इन्फोडेभलपर्स प्रा.लिले नेपालका अलावा म्यानमार, भुटान र अमेरिकामा समेत सेवा प्रदान गर्दै आएको छ। नेपालमा मात्रै यस संस्थाले नेपाल सरकारका ४५ भन्दा बढी एजेन्सी, ५० भन्दा बढी बैंक तथा १ हजार ५ सयभन्दा बढी सहकारीहरूमा आफ्नो सेवा विस्तार गरिसकेको जानकारी दिइयो।

कार्यक्रममा बिकु सहकारीका सिईओ माधव पौडेल, जनउत्थान सहकारीका सिईओ रणबहादुर थापा, साईबर सुरक्षा विज्ञ वासुदेव राउत तथा नेपाल बैंक लिमिटेडका म्यानेजर सन्तोष शर्माले आ–आफ्नो धारणा राख्नुभएको थियो।

त्यसैगरी कार्यक्रममा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल र राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेशका प्रमुख नारायण बेल्बासेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अवसरमा लामो समयदेखि सफ्टवेयर प्रयोग गर्दै आएका २१ वटा सहकारी संस्थालाई अंकुर इन्फोटेक प्रा.लिका प्रबन्ध निर्देशक रमेश पाण्डे, निर्देशकहरू माधव पराजुली र सञ्जिव मानन्धरले सम्मान गर्नुभएको थियो।

कार्यक्रममा सामूहिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत देवराज ज्वाली, कोलिय देवदह साकोसका सहायक व्यवस्थापन प्रमुख बुद्धिसागर अर्याल तथा सबैको साकोसका व्यवस्थापन प्रमुख हरिहर पौडेलले प्रविधि रुपान्तरणसम्बन्धी आफ्ना अनुभवहरू सहभागीहरूसँग साझा गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन डा. आविष्कार पराजुलीले गर्नुभएको थियो भने जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको समापनमा इन्फोडेभलपर्स प्रा.लिका डाइरेक्टर अविन्द्र प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रममा विभिन्न सहकारीका सञ्चालक समिति सदस्य, प्रबन्धक तथा कर्मचारी गरी ४ सयभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित