५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण 

 

बुटवल।  थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको आज तिलोत्तमा शंकरनगरमा भएको  साधारणसभा तथा चौथो अबिधेशनले आगामी ३ बर्षका लागि षडानन्द पोखरेलको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।समाजको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल सचिबमा लक्ष्मण गौतम,कोषाध्यक्षमा बिदुर ज्ञवाली, सहसचिबमा प्रेमप्रसाद पोखरेल,सह कोषाध्यक्षमा कृष्ण ज्ञवाली सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा मदन ज्ञवाली, चक्रबन्धु ज्ञवाली,यादब ज्ञवाली,गंगा ज्ञवाली,कपिल ज्ञवाली,प्रकाश पन्थ,भिम ज्ञवाली,केशव ज्ञवाली,पिताम्बर ज्ञवाली,हरि गौतम,दुर्गा ज्ञवाली,महेश ज्ञवाली,पिताम्बर ज्ञवाली,शुसिल ज्ञवाली,प्रदिप ज्ञवाली,पिताम्बर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य बेदराज ज्ञवालीले बताए।

उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले समाजले गुल्मी थोर्गा र रुपन्देहीलाइ लेक र बेसीको रुपमा हेर्नुपर्ने बताए । उनीहरुले पहाड लेक र तराइ बेसी भएको भन्दै गाउँको विकासमा हातेमालो गर्नुपर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले थोर्गा स्थाई घर भई रुपन्देही झरेका बासिन्दाहरुमा भातृत्व विकास हुने गरि एकता गराउने संस्थाको मुलमर्म अनुसार अघि बढ्ने बताए।  पोखरेलले रचनात्मक र सामाजिक कार्यहरु गर्दै अघि बढ्ने  र जन्मभूमिको तिर्सना मेटाउने कार्यहरु गर्ने बताए ।कार्यक्रममा समाजका अध्यक्ष ओम ज्ञवालीले आफ्नो कार्यकालमा रचनात्मक कामहरू गरेर समाजलाइ पहिचान दिलाउन सकेको बताए  ।सो अवसरमा पुर्व अध्यक्षद्वय राम प्रसाद पोख्रेल,ज्ञान प्रसाद ज्ञवाली, निर्बाचन मण्डलका सदस्य बेदराज ज्ञवाली ,गोपाल ज्ञवाली,शोभाकर पोखरेल लगायतले बोलेका थिए । समाजका आजिवन सदस्य तथा सहयोगीहरूलाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।समाजमा गुल्मी थोर्गाबाट रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका  करिब २ सय ५० सदस्य आवद्ध रहेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित