विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा

बुटवल । नेकपा (एमाले) रुपन्देहीले भोली कात्तिक २९ गते आयोजना गर्न लागेको जिल्लास्तरीय जनप्रदर्शन तथा आमसभाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना गरिने जनसभालाई ऐतिहासिक बनाउने उद्देश्यसहित सबै तयारी पूरा गरिएको पार्टीले जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक सहभागिता रहनेछ । उनले भने, “जिल्लाभरिका जनताको सहभागिताले रुपन्देहीमा ठूलो जनप्रदर्शन हुनेछ । हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।”

कात्तिक २९ गते बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपाससहितको ¥याली बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत हुनेछ । पार्टीका विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनाहरूलाई आवश्यक जिम्मेवारी तोकिएको छ । हालसम्म तयारीका लागि आयोजित भेला र बैठकहरू सम्पन्न भइसकेका छन् ।

जनसंगठन समन्वय समिति रुपन्देहीका प्रमुख बाबुराम पन्थीले पार्टीका २३ वटै जनवर्गीय संगठनले त्यस दिनको जनप्रदर्शन र सभामा उत्साहपूर्ण सहभागिता जनाउने बताए । “सबै जनवर्गीय संगठनलाई आवश्यक जिम्मेवारी दिइएको छ, त्यसदिनको प्रदर्शन ऐतिहासिक र भव्य हुने छ”-उनले भने ।

जनसभामा जेनजी समुदाय, युवा तथा आम रुपन्देहीबासीलाई सहभागी हुन पार्टीले विशेष अपिल गरेको छ । प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलका अनुसार जेनजीको आवाज र माग एमालेले मात्रै संस्थागत रूपमा बोकेर अघि बढाएको छ । उनले भने, “जेनजीका माग संविधान संशोधनमार्फत मात्र पूरा गर्न सकिन्छ । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य छ, र एमाले त्यसको पक्षमा दृढ छ ।”

सभामा पार्टीका विभिन्न नेताहरूले सम्बोधन गर्नेछन् । जनप्रदर्शनलाई संगठन सुदृढीकरण र नयाँ पुस्तामा राजनीतिक चेतना जगाउने अवसरका रूपमा लिइएको छ । एमाले रुपन्देहीले जनसभालाई शान्तिपूर्ण, अनुशासित र सन्देशमुखी बनाउन सुरक्षादल र ट्राफिक व्यवस्थापनसमेतका विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

एमाले नेतृत्वका अनुसार भोली कात्तिक २९ को जनप्रदर्शनले रुपन्देहीमा राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा जगाउने अपेक्षा गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित