गुल्मीको भार्सेमा व्यक्तिगत लगानीमा भिक्टोरिया क्रस विजेता रानाको सालिक निर्माण विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं. २ बाट एकल उम्मेदवार सिफारिस दाङ २ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस रुपन्देही जिल्ला स्तरीय चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान देवस्थल मन्दिरमा पुष शुक्ल पूर्णिमाको अवसरमा सन्ध्याकालिन महाआरती बहुबिवाहको अभियोगमा पक्राउ परेका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान रोटरी क्लव अफ सेन्ट्रल बुटवल द्वारा मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार                
समाचार :

बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’

बुटवल । बुटवलमा ३ अर्ब ५० करोडको लगानीमा पाँच तारे हायात प्यालेस सञ्चालनमा आएको छ ।

२५ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु भएको ५ बर्षपछि हायात प्यालेस सञ्चालनमा आएको हो । ग्लोवल आइएइ बैंक र होटल स्याफ्रोनको संयुक्त लगानीमा निर्माण भएको हाटलमा एक रातमा २५० जनाले बास बस्न सक्नेछन् ।

होटलका सञ्चालक चुन्नप्रसाद शर्माले केही महिना भित्रै क्यासिनो सञ्चालन गरिने गरी काम भइरहेको बताए ।
होटलमा चारवटा विशेष बास्तुकला स्तम्भ समेत बनाइएको छ ।

यी स्तम्भहरु शक्ती र स्थिरताको प्रतिक रहेको उनले बताए । उनले स्तम्भहरु बौद्ध दर्शनका चार आर्य दुःख छ, दुःखको कारण छ, दुःखको निरोध सम्भव छ र दुःख निरोधको मार्ग छ बाट लिइएको हो । साथै स्वागत कक्षमा कलाकृति नेपालको पहाडि चराबाट बनाइएको छ । यसले स्वतन्त्रता र प्राकृतिक सौन्दर्यलाई दर्शाउँने उनले बताए ।

कुल १०९ वटा अतिथि कक्ष र सुईटसहरु रहेको होटलमा बोधी बृक्षको पातको आकृति जस्ता स्थानिय सांस्कृतिक तत्वहरु समेत बनाइएको छ । प्यालेसमा ११ सय बर्ग मिटर भन्दा बढि क्षेत्रफलमा फैलिएको सभाकक्ष रहेको छ भने १६६ मिटरका दुई वटा मिटिङ हल रहेका छन् । दोस्रो तलामा सुन्दर पौडी पोखरी सहित व्यामशाला समेत रहेको छ ।

होटल सञ्चालकमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडल र श्रवण बेरिवाल रहेका छन । होटलमा ३ सय जनाले रोजगारी पाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित