बुटवल । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार देवीनगर क्षेत्रमा सरसफाई गरी पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक तुलबहादुर दर्लामी मगरले संगठनलाई बिस्तार गर्दै अघि बढने बताए । श्रम गर्दै अघि बढने पार्टीको अवधारणा अनुसार आफूहरु अघि बढने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य भीम गौतमले जिल्ला र प्रदेशका संगठनलाई पूर्णता दिने गरी लागेको बताए ।

पार्टीले हालै निर्वाचन आयोग पुगेर पार्टी दर्ताको प्रक्रिया पूरा गरेका छन् । केही दिन अघि आयोगको कार्यालय पुगेर अध्यक्ष साम्पाङले पार्टी दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पुरा गरेका थिए । माटो चूनाव चिन्हका साथ आगामी निर्वाचनमा होमिने बताएका छन् । उनले देशमा अप्ठेरो काम गर्न आफु आएकाले अव देशलाई अघि बढाउन हर्कले बताउदै आएका छन ।






