दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

भैरहवाबाट दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाबाट यस वर्षको दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही गरिएको छ।

राष्ट्र बैंक सिद्धार्थनगरका सूचना अधिकृत जीवनप्रकाश पाण्डेका अनुसार यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले शाखाबाट उक्त रकम बराबरका नयाँ र सुकिला नोट लगेका हुन्।

शाखाको कार्यक्षेत्रभित्र पर्ने ९ वटा नोट कोषमध्ये ८ वटामा रकम ट्रान्सफर गरिएको थियो भने पूर्वी रुकुमस्थित नोट कोषले यसपटक माग नगरेको जानकारी दिइएको छ। भदौ २९ गतेदेखि असोज १० गतेसम्म सम्भव भएसम्म नयाँ नोट र नयाँ नोट सकिएपछि सुकिला नोट वितरण गरिएको पाण्डेले बताए।

उनका अनुसार सिद्धार्थनगर शाखाबाट मात्रै ५ देखि १०० रुपैयाँसम्मका १० करोड ५९ लाख ३९ हजार २३० रुपैयाँ सटही भएको छ। यस अवधिमा ८ हजार ४८८ सेवाग्राहीले सुकिला र नयाँ नोट प्राप्त गरेका थिए। सर्वसाधारणलाई सहजताका लागि शाखाले ४ वटा काउण्टर खोलेर नोट सटही गरेको थियो। गेटमै टोकन मेसिन राखेर टोकनका आधारमा सेवा दिइएको भए पनि सर्वसाधारणले भने सुकिला नोट पर्याप्त नपाएको गुनासो गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित