
बुटवल । नेपालमा इलेक्ट्रिक सवारी साधनप्रतिको आकर्षण तीव्र बन्दै गएका बेला प्रोटोन नेपालले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याउनु अघि नै बुटवलमा १० वटा ‘प्रोटोन ई.मास सेभेन’ प्रिमियम इलेक्ट्रिक एसयुभी ग्राहकलाई हस्तान्तरण गरेको हो । ‘टाईम टु ईलेक्ट्री फाई बुटवल’ नारासहित ‘प्रोटोन ई.मास सेभेन’ इलेक्ट्रिक बुटवलमा सार्वजनिक गरिएको छ । बालाजी ई अटोमोबाईल प्रालिले बुटवल र भैरहवामा यो गाडी भित्राएको हो ।
डिसेम्बर २०२४ मा मलेसियामा सार्वजनिक भएपछि नेपालमा पनि यसको प्रतीक्षा गरिएको थियो । जगदम्बा मोटर्सले नेपाली बजारमा गाडी भित्राएको हो । कम्पनीका अनुसार प्रोटोन ई.मास सेभेन मा नवीनतम प्रविधि र फाइभ-स्टार सेफ्टी फिचर समावेश छन् ।
यो इलेक्ट्रिक गाडी प्लाटिनम सिल्भर, टक्र्वाइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज, मोयु ब्ल्याक र लिथियम ह्वाइट गरी ६ विभिन्न रंगमा उपलब्ध छ । प्रोटोन ई.मास सेभेन नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । प्राइम मोडेलले एक पटकको चार्जमा ३४५ किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री रहेको छ । प्रोटोन ई.मास सेभेन को मूल्य प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
कार्यक्रममा बालाजी ई अटोमोबाईलका म्यानेजिङ डाईरेक्टर विशाल जयसवालले नया प्रविधिमैत्री गाडीमा नया यात्राको शुरुवात हुने दाबी गरे । मलेसियामा सन १९८० मा उत्पादन भएको प्रोटोन अहिले विेश्वकै उत्कृष्ट चारपाग्रे सवारी बन्न सफल भएको उनले बताए । वातावरणमैत्री सवारी भित्राएर यस क्षेत्रमा सम्बन्ध बिस्तार र विश्वासलाई कायम राख्ने गरि विक्रिपछिको सेवालाई विशेष जोड दिने उनले बताए । कालिकानगरमा सुविधासम्पन्न शोरुम दुई हप्ताभित्र उद्घाटन गर्ने तयारीमा रहेको उनले बताए । सफा , स्मार्ट, सुरक्षित र सुविधासम्पन्न यात्राको लागि यो ब्राण्ड रोज्न उनले आग्रह गरे । बुटवलमा शोरुम उद्घाटनको तयारीमा रहेको भन्दै उनले अफरका रुपमा विशेष छुटको ब्यवस्था रहेको बताए । १० जनालाई पाच वर्षे ४० प्रतिशत डाउनपेमेन्टको ब्यवस्था रहेको बताए ।